फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती हरिणको स्थानान्तरण सुरु

(GMT+08:00) 2017-08-07 18:25:35

        आज सात तारिख विहान नौ बजे तिब्बत स्वायत्त प्रदेशको खखसिली क्षेत्रको व्यवस्थापन व्युरोका कर्मचारीको संरक्षणमा बीसभन्दा बढी तिब्बती हरिणलाई छिङ्गहाइ-तिब्बत राजमार्ग पार गरी स्थानन्तरणको काम गरिएको छ।

         थाहा भएअनुसार यस वर्ष तिब्बती हरिणको स्थानान्तरण जुलाई एक तारिखदेखि सुरु भएको हो। हरेक दिनमा लगभग दुई सयभन्दा बढी तिब्बती हरिणले छिङ्गहाइ-तिब्बती राजमार्ग पार गर्दछन्।

          तिब्बती हरिण पहिलो राष्ट्रिय स्तरको प्राणी हो। हरेक वर्षको मे महिनादेखि तिब्बतको झ्याङ्ग थाङ्ग、सिन्च्याङ्गको आ आर चि पहाड、छिङ्ग हाइको सा च्याङ्ग युआन र खखसिलीको संरक्षण क्षेत्रबाट आएका हजारौं तिब्बती हरिणले समुद्री तहदेखि 4 हजार 800 मिटर उचाइमा पर्ने खखसिलीको केन्द्रीय क्षेत्र च्वो नाइ ताल नजिकै बच्चालाई जन्म दिन्छन्। अनि अगष्ट महिनामा पोथी तिब्बती हरिणले सानो हरिण लिएर आ-आफ्ना वासस्थानतर्फ फर्कने क्रम सुरू हुन्छ। हालसम्म तिब्बती हरिणको यस्तो ठूलो स्थानान्तरण गतिविधि सम्बन्धी वैज्ञानिक अख्तियारी व्याख्या रहेको छैन।

जानकारी तथा लेखहरु