फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो लाब्राङ्ग तिब्बत-शास्त्र मञ्च

(GMT+08:00) 2017-08-07 18:26:29

        पहिलो लाब्राङ्ग तिब्बत-शास्त्र मञ्च सात तारिख "विश्व तिब्बत-शास्त्र प्रतिष्ठान"मानिएको लाब्राङ्ग गुम्बा अवस्थित कान सु प्रान्तको स्या ह जिल्लामा आयोजना भएको छ। स्वदेशभित्रका नामी तिब्बतशास्त्री、विद्वान、कान नान सरकारी पदाधिकारीले यस मञ्चमा भाग लिँदै लाब्राङ्ग गुम्बाको तिब्बती सँस्कृतिको प्रसार तथा संरक्षणबारेमा छलफल गरेका छन्।

        लाब्राङ्ग संस्कृति लाब्राङ्ग गुम्बामा जन्मिएको हो। यस गुम्बाको बौद्ध धर्म、कला、साँस्कृतिक पूरातात्विक बस्तु सबै विभिन्न सभ्यताद्वारा मिलाइएको हो। जसबाट लाब्राङ्ग गुम्बा नै ल्हासा भएपछि तिब्बतको दोस्रो तिब्बती साँस्कृतिक केन्द्र बनेको छ।

         चीनको तिब्बत-शास्त्र अनुसन्धान केन्द्रका भूतपूर्व महाप्रबन्धक ल्वो साङ्ग लि चि त्वो चेले यस मञ्चमा《लाब्राङ्ग क्षेत्रको रातो पर्वावरणीय पर्यटनको अनुसन्धान》शीर्षकको प्रतिवेदन सार्वजनिक गर्दै तिब्बत-शास्त्रको विकासले आफ्नो श्रेष्ठ सँस्कृतिको प्रसार गर्नुका साथै विश्वका विभिन्न जातिको विशिष्ठ सँस्कृतिबाट सिक्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु