फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत एयरलाइन्सद्वारा काठमाडौं-छङ्तु सीधा उडान सुरू

(GMT+08:00) 2017-08-09 18:02:52

        नेपालका लागि अन्तर्राष्ट्रिय उडानतर्फ चीनले भारतलाई दोब्बरले उछिनेको छ । चीनमा आन्तरिक उडान भर्दै आएको तिब्बत एयरलाइन्सले मंगलबारदेखि छङ्तु–काठमाडौं–छङ्तु सीधा उडान सुरु गरेपछि काठमाडौंका लागि उडान भर्ने चिनियाँ विमानको संख्या ६ पुगेको हो। यसैगरी भारतबाट आउने हालसम्म ३ वटा मात्रै रहेको ईकान्तिपुर अनलाइनले जनाएको छ।

        हाल चीनको ल्हासा र छङ्तुबाट दैनिक एयर चाइना, कन्मिङबाट चाइना इस्टर्न, ग्वाङजाउबाट चाइना साउदर्न, ल्हासा र छङ्तुबाट सिचुअवान र हङकङबाट ड्रयागनसहित ५ वटाले उडान भर्दै आएका थिए । मंगलबारदेखि छङ्तुबाट तिब्बत एयरले उडान सुरु गरेपछि अब काठमाडौंमा ६ चिनियाँ ध्वजाबाहक जहाज पुगेका छन् । यता भारतको कोलकाता र नयाँदिल्लीबाट एयर इन्डिया, दिल्लीबाट इन्डिगो र मुम्बई तथा दिल्लीबाट जेट एयरवेजले उडान भर्दै आएका छन्।

     'भारतको तुलनामा चिनियाँ विमानको संख्या बढ्नु रहस्य र चासोको विषय हो,' काठमाडौंस्थित एक चिनियाँ एयरलाइन्ससँग आबद्ध कर्मचारीले भने।

         मंगलबारदेखि उडान थालेको तिब्बत एयरलाइन्सले असार ५ मा आधारभूत प्रामाणिक उडान (टेस्ट फ्लाइट) गरेको थियो । यसले सातामा चार दिन (सोम, मंगल, बिही र शनिबार) उडान भर्ने आधिकारिक बिक्रेता हिमालय एयरलाइन्सले जनाएको छ । यसले काठमाडौंका लागि १ सय २८ सिट क्षमताको एयरबस ३१९ उडाउने भएको हो।

जानकारी तथा लेखहरु