फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुग्धजन्य वस्तु चिनियाँ बजारमा निर्यात

(GMT+08:00) 2017-08-09 18:03:47

        धादिङको उत्तरी क्षेत्रमा उत्पादित दुग्धजन्य वस्तु चिनियाँ बजारमा निर्यात हुने गरेको छ। त्यहाँका किसानले उत्पादन गरेका चौंरीको घिउ, दूध र चिज छिमेकी देशको केरुङमा पैठारी हुने गरेको हो।

        तिप्लिङ, सेर्तुङ र लापाका स्थानीयले चौरीपालन गरी घिउ, दूध र चिज बनाउने गरेका छन् । उनीहरूले दूधबाट विभिन्न परिकार बनाई चीन पठाउने गरेका हुन्। यसबाट स्थानीयस्तरमा रोजगारी दिएको र आर्थिक रूपमा सबल बनाएको छ। त्यहाँका किसानहरूले खर्कमा डेरी उद्योग सञ्चालन गर्दा राम्रो मूल्यमा दूध बिक्री हुन थालेपछि उनीहरूको आकर्षण बढेको बताउँछन्।

         उद्योग सञ्चालक किसानले मासिक ३ देखि ६ लाख रुपैयाँसम्म आम्दानी गर्न थालेको उनीहरूको भनाइ छ।

         ३५ चौंरी पालेका तिप्लिङका युवा दिनेश घलेले दुग्धजन्य उत्पादन रसुवाबाट चीनको व्यापारिक केन्द्र केरुङ पठाउने गरेको सुनाउनुभयो। तिप्लिङमा चौरीको दूधबाट बनाइएका छुर्पी, घिउ र चिज नेपाली ठेकेदारले चीन निर्यात गर्दै आएका छन्। जिल्लाका उत्तरी भेकमा चौंरीपालन पेसाप्रति आकर्षण बढाउन र आर्थिक उपार्जन गर्न चरन खर्कको विकास कार्यक्रम लागू गरिएको कान्तिपुर अनलाइनले जनाएको छ।

          जिल्ला पशु सेवा कार्यालयअन्तर्गत पशु आहार विकास कार्यक्रमले तिप्लिङका चौंरी गोठालालाई गोठको सुधार, चरन र खर्क विकाससँगै चौंरीबाट लिन सकिने आम्दानीका स्रोतबारे तालिम प्रदान गरेको छ। जिल्लामा करिब ५४ चौंरी गोठमा ३ सय चौंरीहरू रहेका छन्।

जानकारी तथा लेखहरु