फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भित्री मंगोलियाद्वारा आफ्नो 70 औं जन्मदिवसको स्वागत

(GMT+08:00) 2017-08-09 18:20:06
        चीनको उत्तरी सिमा क्षेत्रमा पर्ने भित्री मंगोलियाले हिजो आठ तारिख आफ्नो स्वायत्त प्रदेश स्थापना भएको 70औं वार्षिकोत्सव मनाएको छ।चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक ब्यूरोका स्थायी सदस्य, चीनको राष्ट्रिय राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष तथा केन्द्रिय प्रतिनिधिमण्डलका प्रमुख यु चङ शङले यस समारोहमा भाग लिँदै भाषण दिनुभएको छ। उहाँका अनुसार भित्री मंगोलिया स्वायत्त प्रदेशको स्थापनाले चीनद्वारा अल्पसंख्याक जातीय स्वायत्त प्रदेश नीति लागूको नमूना सिर्जना गरेको छ। यस नीतिलाई द्दढ कायम राख्दै भित्री मंगोलियाले अन्य विभिन्न जातिसँगको आदानप्रदानलाई प्रवर्द्धन गर्नुका साथै भित्री मंगोलियाको आर्थिक विकास、पर्वावरणीय सभ्यता、नागरिक जीवनको सुधारका लागि निरन्तर प्रयास गर्दै जानुपर्छ।

          सन्1927 मा स्थापना भएको भित्री मंगोलिया स्वायत्त प्रदेश चीनको पहिलो प्रान्तस्तरीय अल्पसंख्यक स्वायत्त प्रदेश हो। 118.3 वर्ग किलोमिटर क्षेत्रफल रहेको भित्री मंगोलियामा मंगोलियन、हान、मान、ह्वी、दावर लगायत 55 जाति बसेका छन्। वर्तमान भित्री मंगोलियाको अर्थतन्त्र तिब्र विकासमा भैरहेको छ। आधुनिक पशुपालन व्यवसाय र रणनीतिक नयाँ विकसित उद्योग लगातार विकसित भइरहेको छ। सम्बन्धित तथ्याङ्कअनुसार सन्2016 भित्री मंगोलियाको कूल गार्हस्थ्य उत्पादन मात्रा दश खर्ब 86 अर्ब चिनियाँ युआन पुगेको थियो भने सारा देशमा छैठौं स्थान लिएको देखिन्छ।

जानकारी तथा लेखहरु