फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको उत्तरी सीमा क्षेत्रलाई अझ राम्रो बनाउने यु चङ शङको जोड

(GMT+08:00) 2017-08-09 18:21:54

        चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक ब्यूरोका स्थायी सदस्य, चीनको राष्ट्रिय राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष, केन्द्रिय प्रतिनिधिमण्डलका प्रमुख यु चङ शङले आठ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको भित्री मंगोलिया स्वायात्त प्रदेश शाखा समिति तथा सरकारको कार्य प्रतिवेन सम्मेलनमा भाग लिएर राष्ट्राध्यक्ष सी चिन फिङको नेतृत्वमा एकताबद्ध भएर भित्री मंगोलियालाई अझ राम्रो बनाउनुपर्ने कुरामा जोड दिनुभयो।

        सम्मेलनमा यु चङ शङले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति, राज्य परिषद, महासचिव सि चिन फिङको तर्फबाट भित्री मंगोलिया स्वायत्त प्रदेशका विभिन्न जातिका कार्यकर्ता र सर्वसाधारणलाई हार्दिक सम्मान र शुभकामना ज्ञापन गर्नुभयो। उहाँले स्वायत्त प्रदेश स्थापना भएको सत्तरी वर्षयता विभिन्न उपलब्धि हासिल भएको छ र ठूलो विकास भएको छ यसरी नै नमूना स्वायत्त प्रदेशको रुपमा मानिएको विचार व्यक्त गर्नुभयो। राष्ट्राध्यक्ष सी चिन फिङको नेतृत्वमा भित्री मंगोलियालाई अझ सुन्दर सीमा क्षेत्र बनाएर चिनियाँ कम्युनिष्ट पार्टीको नब्बेऔँ महाधिवेशनलाई स्वागत गर्ने उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु