फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

च्यायुक्वान रणनैतिक-नाका सिटी

(GMT+08:00) 2017-08-10 16:01:43

कान्सुको च्यायुक्वान रणनैतिक-नाका सिटी वरिपरि सबैभन्दा अग्लो च्यायु पहाडमा निर्माण गरिएको छ। यसका दुईपट्टी बनाइएका भित्ताहरु गोबी मरुभूमि हुँदै पार हुन्छन्। च्यायुक्वान नै मिङ ग्रेटवालको सबैभन्दा पश्चिमी भागमा पर्दछ र यसको रणनैतिक स्थानबाट हेर्दा यसलाई ह सी क्षेत्रमा पहिलो विन्दु मानिन्छ। सन् १३७२ देखि निर्माण शुरु भएको यो सिटी १६८ वर्षको अवधिमा निर्माण पूरा भएको हो। त्यसपछि यो विन मिङ राजवंशमा ग्रेटवाल वरिपरि रहेका हजारौं प्रवेश नाकामध्ये रणनैतिक रुपमा यो सबैभन्दा महत्वपूर्ण नाका मानिन्थ्यो।

च्यायुक्वान सिटी भित्री सिटी, बाहिरी सिटी र शहरी प्रतिरक्षा नाली भन्ने तीन वटा भागमा विभाजन गरिएको हो। यो नाका सिटी र ग्रेटवालसँगै जोडेर त्यति बेलाको रक्षात्मक प्रणाली अपनाइन्थ्यो। यस सिटीको भित्ताको उचाई १०.७ मिटर छ र माटोबाट बनाइएको हो।

आजकल यसले पर्यटकहरुलाई आकर्षित गर्नुका साथै स्थानीय कलाको निरन्तरताको लागि च्यायुक्वान नाका सिटीमा समय समयमा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गरिन्छ।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु