फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्रीद्वारा खानेपानी आयोजनाको स्थलगत अनुगमन

(GMT+08:00) 2017-08-10 18:01:15

        प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन गर्दै कार्यप्रगतिको विवरण लिनुभएको छ। विभागीय मन्त्रीसहित बुधबार हेलिकोप्टर चढेर मेलम्ची पुगेका देउवाले आयोजनाको इन्टेक ड्याम र सुरुङको अवलोकन गर्नुभयो भने सुरुङभित्रै पैदल हिँडेर पनि अवलोकन गर्नुभयो।

         मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीको २० वर्षदेखिको सपना भएको भन्दै उनले छिटो पूरा गर्न आयोजना र ठेकेदार कम्पनीका अधिकारीलाई निर्देशन पनि दिनुभएको अनलाइन खबरले लेखेको छ।

         कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराईको परिकल्पनामा मेलम्चीको पानी काठमाडौं लैजाने गरी आयोजनाको खाका कोरिएको स्मरण गर्दै उहाँले छिटो काम सम्पन्न गर्न सरकारले जुनसकै सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो। प्रधानमन्त्री देउवाले भन्नुभयो, 'तर विभिन्न बहाना बनाएर काममा ढिलाई नगर्नूहोस्, यो आयोजना काठमाडौंको सपनासँग जोडिएको आयोजना हो।'

          प्रधानमन्त्रीले मेलम्चीको सुरुङ खन्नमा देखिएको ढिलाईप्रति चासो व्यक्त गर्नुभएको थियो। साथै तोकिएको समयभित्र काम सम्पन्न नगर्नेलाई सरकारले कारवाही गर्ने चेतावनी दिनुभयो। मेलम्चीलगायत राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिन छुट्टै सहजीकरण प्रक्रिया र कानूनी झण्झट हटाउने गरी ऐन संशोधन गर्ने तयारी गरेको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु