फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालले आउँदो हिउँदमा लोडसेडिङ हुन नदिन भारतबाट बिजुली किन्ने

(GMT+08:00) 2017-08-10 18:01:47

       नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदका लागि थप २ सय मेगावाट विद्युत आयात गर्ने गरी भौतिक संरचना तयार गरेको छ। सम्भावित लोडसेडिङ टार्ने लक्ष्यका साथ प्राधिकरणले यस्तो तयारी गरेको हो।

        कटैया कुशाहा र रक्सौल परवाहनीपुरको १ सय ३२ केभिए लाइनबाट थप १ सय मेगावाट विद्युत आयात हुने निश्चित भइसकेको छ । नेपाल–भारत पावर एक्सचेन्ज कमिटीको बैठकले सो प्रशारणलाइनबाट थप १ सय मेगावाट बिद्युत नेपालले आायत गर्ने सहमति गरेको हो। यस्तो बिजुली नेपाल सरकारले 'टेक एन्ड पे' मा आयात गर्नेछ। साथै प्राधिकरणले ढल्केबर मुजफ्फरपुबाट पनि थप १ सय मेगावाट बिद्युत आयात गर्नको लागि ढल्केबरमा सबस्टेशन निर्माण गरिरहेको छ । यो आगामी हिउँद सुरु नहुँदै निर्माण सम्पन्न गर्ने प्राधिकरणको तयारी छ।

        सोही बैठकमा लामो समयदेखि बन्द रहेको धनगढी पालियाबाट पनि थप १० मेगावाट बिद्युत आयात गर्ने सहमति भएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार यो प्रसारणलाइन २ महिनाभित्रै सञ्चालनमा आइसक्ने छ।

        बैठकमा नेपालले थप ३ वटा प्रशारण लाइन निर्माणको पनि प्रस्ताव राखेको छ। धनगढी पालिया, कोहलपुर नानपारा र सम्पतिया मैनाया प्रसारण लाइन निर्माणको प्रस्ताव राखेको अनलाइन खबरमा समाचार छ। यसबारेमा नेपाल–भारत उर्जा सचिबस्तरीय बैठकमा थप छलफल गरिने प्राधिकरण स्रोतले बतायो।

जानकारी तथा लेखहरु