फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बिमस्टेकको मन्त्रीस्तरीय बैठकका लागि सात मुलुकबाट प्रतिनिधिहरू काठमाडौंमा

(GMT+08:00) 2017-08-10 18:02:48

        उपक्षेत्रीय संगठन बे अफ बंगाल इनिसियटिभ फर मल्टिसेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन (बिमस्टेक) को पन्ध्रौं मन्त्रीस्तरीय बैठक शुक्रबार काठमाडौंमा आयोजना हुँदैगर्दा बिमस्टेक सदस्य मुलुकका विदेशमन्त्री र विदेशसचिव काठमाडौं पुग्दैछन्। भारतीय विदेशमन्त्री सुस्मा स्वराजलगायत बिमस्टेक मुलुकका ६ मन्त्री नेपाल जाने कार्यक्रम छ।

         अन्नपूर्ण पोस्ट अनलाइनका अनुसार कनेक्टिभिटी विस्तार, आतंकवाद नियन्त्रण, व्यापार, ऊर्जालगायत १४ क्षेत्रमा सदस्य मुलुकबीच सहकार्य अघि बढाउने विषयमा बैठकमा छलफल हुनेछ। बिमस्टेकको वर्तमान अध्यक्ष मुलुक नेपालले सन् २०१७ भित्र बिमस्टेकको शिखर सम्मेलन आयोजना गर्ने तयारी छ।

         बिहीबार १८ औं बिमस्टेक 'सिनियर अफिसियल्स मिटिङ' पनि बस्दै छ। परराष्ट्र सचिवस्तरमा हुने यो बैठकले मन्त्रीस्तरीय बैठकको एजेन्डा तय गर्नेछ। सचिवस्तरीय बैठकले बिमस्टेक प्रबुद्ध समूह गठन, बिमस्टेक स्वतन्त्र व्यापार सम्झौता, बिमस्टेक मुलुकबीच विद्युतीय प्रसारण लाइन स्थापना सम्झौता लगायत विषयमा छलफल गरी मन्त्रीस्तरीय बैठकमा निर्णयार्थ पेस गर्नेछ ।

          यसैबीच भारतीय विदेशमन्त्री स्वराजको भ्रमण बिमस्टेक बैठकका लागि मात्र नभएर द्विपक्षीय चासोका बिषयमा नेपालसँग छलफलमा पनि केन्द्रित हुनेछ। स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका एजेन्डा र तयारीबारे उच्च तहमा छलफल गर्नुका साथै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री महरा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली तथा मधेसकेन्द्रित दलका नेतासँग पनि भेट्ने तय भएको छ ।

जानकारी तथा लेखहरु