फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनमुक्ति सेनाद्वारा भारतीय सेनालाई चेतावनी

(GMT+08:00) 2017-08-10 18:38:12

        चिनियाँ जनमुक्ति सेना अखवारले आज दश तारिख एउटा लेख सार्वजनिक गर्दै भारतीय सेनाको अबैध सिमा उल्लङ्खन घटनाबारेमा टिप्पणी गरेको छ। यस लेखका अनुसार"मनमा रहेको राक्षस"लाई बिदाई गरेमात्रै उचित बाटोमा लाग्न सकिन्छ। भारतीय पक्षले पहिले ऐतिहासिक गल्ती पुनःगर्न दिनु हुँदैन। राष्ट्रिय प्रादेशिक क्षेत्र तथा सार्वभौमिकताको संरक्षण गर्ने महत्वपूर्ण समस्यामा चिनियाँ सेनाको अठोट निरन्तर तथा द्दढ भैरहेको छ।

        यस लेखका अनुसार भारतका यी गतिविधिबाट"मनमा रहेको राक्षस"को भावनाले उब्जिएको हो। केही भारतीयको विचारमा एक गलत धारणा बसेको छ। त्यो भनेको चीनको तिब्बत क्षेत्रलाई चीन र भारत यी दुई एशियाली ठूलो मुलुकबीचको "मध्यवर्ती क्षेत्र"को रुपमा लिनु। तिब्बत झन् झन् बढी ढिलो विकसित हुनु वा पिछडिनु भारतको हितअनुकूल छ। त्यस्तो धारणा लिएका केही भारतीयले तिब्बतको आर्थिक तथा सामाजिक विकासबाट सम्भावित सुरक्षा समस्या ल्याउने चिन्ता लिने गरेका छन्, अखबारमा लेखिएको छ।

        वर्तमान भारतसँग दुई बाटो छन्। एक, भारतले तुरुन्तै आफ्नो सीमा सेनालाई फिर्ता गरी शान्तिपूर्ण सहअस्तित्वको बाटोमा लाग्नू। दुई, चीनसँगको सीमा क्षेत्रको शान्ति खल्बल्याउनु र अझ बढी गम्भीर नतिजाको सामना गर्नू।

जानकारी तथा लेखहरु