फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स छ्वान भूकम्पमा परी मर्नेको संख्या बीस

(GMT+08:00) 2017-08-10 18:38:39

         चीनको स छ्वान प्रान्तको सरकारी प्रेस कार्यालयबाट थाहा भएअनुसार आज दश तारिख मध्यान्ह बाह्र बजेसम्ममा सछ्वानको च्यूचाइक्वौ क्षेत्रमा गएको 7 रेक्टर स्केलको भूकम्पबाट 20 जनाको मृत्यु हुनुका साथै 431 जना घाइते भएका छन्।

         राष्ट्रिय स्वास्थ्य र परिवार नियोजन समितिका प्रेस प्रवक्ता सुङ्ग शु लीले जानकारी दिनुभएअनुसार हाल भूकम्पग्रस्त क्षेत्रमा विभिन्न अत्यावश्यक चिकित्सा उद्धार कार्य तीव्रताका साथ भैरहेको छ। हरेक घाइते व्यक्तिलाई सबैभन्दा उचित औषधोपचारको प्रत्याभूति गरिएको छ। हजारौं पर्यटकको स्थानान्तरणको काम पनि पूरा भएको छ। लगभग नौ हजार पर्यटकहरू आकस्मिक बसद्वारा सुरक्षित रुपमा फिर्ता भएका छन्।

जानकारी तथा लेखहरु