फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पप्रभावित च्यौचाइकौबाट ७१ हजारको उद्दार

(GMT+08:00) 2017-08-11 10:21:52

सछ्वान च्यौचाइकौमा ७ रेक्टर स्केल भूकम्प गएपछि विभिन्न क्षेत्रबाट उद्धार कार्य भइरहेको छ। हिजो अगष्ट १० तारिख दिउँसो एक बजेसम्म प्रभावित च्यौचाइकौबाट सुरक्षित स्थानमा उद्दार गरिएका मानिसहरुको संख्या ७१ हजार पुगिसकेको छ। भूकम्प प्रभावित क्षेत्रमा सडक सुचारु गराउनको लागि सशस्त्र तथा यायायात फौज र बाटो मर्मत यन्त्रलाई विभिन्न क्षेत्रबाट भूकम्प प्रभावित क्षेत्रमा पठाइएको छ।

चीन भूकम्प व्यूरो अन्तर्गत भूकम्प प्रभावित निर्देशनालयले १० तारिख १६ वटा प्रकोप मूल्याङ्कन टोलीलाई च्यौचाइकौका विभिन्न ठाँउमा पठाएको छ। सछ्वान पुरातत्व विभागले १० तारिख जनाए अनुसार, प्रभावित क्षेत्रमा पुरातात्विक वस्तुमा पुगेको क्षतिको मूल्याङ्कन भइरहेको छ।

साथै चीन राष्ट्रिय सर्वेक्षण, म्यापिङ तथा भौगोलिक सूचना व्यूरोले प्रदान गरेको उपग्रह तथा उड्यानबाट प्राप्त फोटाहरु र भूकम्पअघिका फोटाहरुको तुलनामा प्रकोपबाट प्रभावित क्षेत्रका घरहरु, सडकहरुमा पुगेको क्षतिको विश्लेषण तथा मूल्याकन गरिँदै छ। जसबाट प्रकोप प्रतिरोध तथा उद्धार कार्य अझ चुस्त र तीब्र बनाउन सकिने समाचारमा जनाइएको छ।


1  2  
जानकारी तथा लेखहरु