फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय विदेशमन्त्रीद्वारा नेपालकी राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट

(GMT+08:00) 2017-08-11 16:46:12

        भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटघाट गर्नुभएको छ। बहुक्षेत्रीय प्राबिधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन काठमाडौं आउनुभएकी विदेशमन्त्री सुष्मा स्वराजले शितलनिवासमा राष्ट्रपति भण्डारीलाई भेट्नुभएको हो।

         भेटमा दुई देशबीच रहेको एैतिहासिक तथा मैत्रिपूर्ण सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। भेटमा भारतका लागि नेपालका राजदूत तथा नेपालका लागि भारतका राजदूत एवंम दुवै देशका उच्चपदस्थ व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

         यसैगरी विदेशमन्त्री स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट्नुभएको छ। भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका साथै प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणबारे पनि छलफल भएको बताइएको छ।

         बिमस्टेक बैठकमा सहभागी हुने स्वराज बिहीबार मध्यान्ह काठमाडौं पुग्नुभएको अनलाइन खबरले जनाएको छ। विदेशमन्त्री स्वराजले नेपाल बसाइका क्रममा राजनीतिक दलहरूका प्रमुख नेताहरूलार्इ भेट्ने कार्यक्रम पनि रहेको छ।

          बिमस्टेक बैठकको साँझ सुरू भएको थियो। विमस्टेक बैठकमा व्यापार तथा लगानी, प्रतिआतंकवाद, गरिबी निवारण, यातायात, पर्यटन लगायतका विषयमा छलफल भएको बताइएको छ।

जानकारी तथा लेखहरु