फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा नयाँ विमान कम्पनीद्वारा उडान सुरू

(GMT+08:00) 2017-08-11 16:46:39

        जहाज भित्र्याएको चार महिनापछि श्री एयरलाइन्सले हवाइ उडान अनुमति (एओसी) प्राप्त गरेको छ । गत हप्ता 'प्रुभिङ्' अनुमति पाएको कम्पनीलाई नागरिक उड्डयन प्राधिकरणले बिहीबार हवाई अनुमति दिएको हो। गोरखापत्र अनलाइनकाअनुसार अनुमति पाएसँगै कम्पनीले तत्काल नै व्यावसायिक उडानको तयारी पनि गरेको छ।

         कम्पनीले शुक्रबारदेखि नै भैरहवा अथवा नेपालगञ्जमा उडान सुरु गर्ने जानकारी दिएको छ । धनगढीबाट पनि उडान गर्नुपर्छ भन्ने ठूलो माग आएको छ, कम्पनीका कर्पोरेट म्यानेजर अनिल मानन्धरले भन्नुभयो, सम्भव भयो भने शुक्रबार नै त्यहाँ पनि उडान गर्छौं । उहाँका अनुसार ट्राभल एजेन्सीसँगको छलफलपछि कम्पनीले अबको तेस्रो हप्ताभित्रै तीनवटै जहाजबाट उडान सुरु गर्नेछ । यी जहाजले तराई क्षेत्रमा उडान गर्ने मानन्धरले जानकारी दिनुभयो। भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान गर्नेछौं, उहाँले भन्नुभयो।

         नेपालमा हेलिकप्टर सेवा उपलब्ध गराइरहेको श्री एयरलाइन्सले विमान सञ्चालनको पनि अनुमति पाएपछि गत चैत ३० पहिलो विमान ल्याएको थियो। कम्पनीले त्यसयता दुईवटा जहाज थप गरिसकेको छ। क्यानाडाको बम्बार्डियर कम्पनीमा निर्माणमा भएका यी जहाजमा कम्पनीले करिब दुई अर्ब रुपियाँ लगानी गरेको छ। जेट इन्जिन प्रयोग गरिएका यी जहाजमध्ये दुईवटा जहाज ५० सिट र एउटा जहाज ७० सिट क्षमताका छन्। हवाई सेवा अनुमति नपाउँदा लामो समयदेखि पार्किङ तथा व्यवस्थापन शुल्क बापत ठूलो रकम अनावश्यक खर्च भएको कम्पनीले जनाएको छ।

जानकारी तथा लेखहरु