फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

किसानलाई चौँरीपालनतर्फ आकर्षित गर्न चौंरी महोत्सव

(GMT+08:00) 2017-08-11 16:47:10

     सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको दोलखाको कालिञ्चोकमा 'कालिञ्चोक चौँरी महोत्सव–२०७४' हुने भएको छ। पहिलोपटक यही साउन २२ र २३ गते कालिञ्चोक गाउँपालिका–६ घ्याङडाँडामा कालिञ्चोक चौँरी महोत्सव गर्न लागिएको हो।

      सम्मेलनमा कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कालिका पाठकले किसानलाई चौँरीपालतर्फ आकर्षित गर्न उक्त महोत्सव गर्न लागेको जानकारी दिनुभयो। "हामीले पहिलो गाउँसभाको बैठक बसेर कृषिलाई अगाडि बढाउनका लागि चौँरी महोत्सव गर्ने निर्णय गरेका थियौँ-,उपाध्यक्ष पाठकले भन्नुभयो।

        पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले देशको विकासका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको हुँदा यस्ता कार्यक्रमले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सांसद पशुपति चौलागाईंले पर्यटकीय महत्व बोकेको कालिञ्चोक क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन यो महोत्सवले सहयोग गर्ने बताउनुभयो। सांसद पार्वत गुरुङले चौँरी पालनलाई आकर्षणको पेशा बनाउन महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालमा धेरै स्रोत साधन हुँदा पनि पछाडि परेको बताउँदै यस्ता स्रोत साधनलाई सदुपयोग गरी मुलुकको पर्यटन क्षेत्रको विकासका लागि यस्ता महोत्सवले सहयोग पुग्ने स्पष्ट पार्नुभयो। १० देखि २० वटा कक्ष राखिने महोत्सवमा चौँरी र याकको प्रदर्शन, चौँरीजन्य उत्पादन प्रदर्शन तथा बिक्रीवितरण, सांस्कृतिक झाँकी प्रदर्शन, पशु स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।

जानकारी तथा लेखहरु