फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन्च्याङ्ग भूकम्प उद्धारका लागि केन्द्रीय समितिद्वारा एघार करोड चिनियाँ युआन पूँजी विनियोजन

(GMT+08:00) 2017-08-11 16:48:13

       चीनको बित्त मन्त्रालयबाट थाहा भएअनुसार सछ्वान प्रान्त र सिन्च्याङ्ग युगुर स्वायत्त प्रदेशमा हाल भूकम्प र भूकम्पका कारण पहाडी बाढीपहिरो गएको छ। प्रकोपग्रस्त क्षेत्रमा उद्धार गर्नका लागि केन्द्रीय बित्त मन्त्रालयले एघार करोड चिनियाँ युआन पूँजी विनियोजन गरेको छ। यो पूँजी मुख्य गरी जीवन अनुदान、प्रकोपग्रस्त सर्वसाधारणको आपतकालीन स्थानान्तरण、प्रकोप पीडित मृतकका परिवारलाई राहत आदि क्षेत्रमा प्रयोग गरिने छ।

       हिजो दश तारिख बाह्र बजेसम्म सछ्वान भूकम्पबाट 20जनाको मृत्यु हुनुका साथै 431जना घाइते भएका छन्। र सिन्च्याङ्ग युकुर स्वायत्त प्रदेशमा गएको भूकम्पबाट 32 जना घाइते भएका छन्।

जानकारी तथा लेखहरु