फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्वीपको समस्या कूटनीतिक माध्यमबाट गर्न अमेरिका इच्छुक

(GMT+08:00) 2017-08-11 16:48:45

        अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले दश तारिख अमेरिकाले कूटनीतिक माध्यममार्फत् कोरियाली प्रायद्वीप समस्याको समाधानको नेतृत्व गर्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँका अनुसार अमेरिकाले कूटनीतिक माध्यममार्फत कोरियाली प्रायद्वीप समस्याको समाधान गर्न प्रयास गरिरहेको छ। साथै उहाँले कोरियाली प्रायद्वीपमा युद्धको नतिजा विनाशकारी हुने सम्भावनातर्फ पनि चिन्ता प्रकट गर्नुभएको छ।

         अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल उत्तर कोरियाप्रति व्यक्त गर्नुभएको कडा धारणाप्रति रक्षामन्त्री म्याटिसले व्याख्या गर्नुभएअनुसार राष्ट्रपति ट्रम्पले कोरियाली प्रायद्वीप समस्याको समाधान गर्नका लागि कूटनीतिक माध्यम खोजिरहेको र उहाँको कडा धारणाबाट केवल कोरियाली प्रायद्वीपको आणविक समस्याप्रति चिन्ता रहेको भनेर बचाउ गर्नुभयो।

          उत्तर कोरियाले गत जुलाई 4 र 28 तारिख अन्तरमहाद्विपीय व्यालेस्टिक क्षेप्यास्त्र परिक्षण प्रक्षेपण गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले चेतावनी दिनुभएअनुसार उत्तर कोरियाले अमेरिकालाई धम्क्याउन छोडोस् नत्र "कहिल्यै पनि उठ्न नसक्ने गरी आक्रमणको सामना गरोस्।

जानकारी तथा लेखहरु