फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुदूर सीमा क्षेत्र लक्षित चिकित्सा सहायकबाट ठूलो उपलब्धि

(GMT+08:00) 2017-08-11 18:35:13

        चीनका सुदूर सीमा क्षेत्रहरू रोगव्याधिका कारण गरीब हुँदै आएको धेरै देखिन्छ। ती क्षेत्रमा चिकित्सा सेवाको ठूलो माग छ तर चिकित्सा अवस्था निकै कमजोर छ। त्यसैले चीन सरकारले चीनका अरु विकसित क्षेत्रका चिकित्सकलाई ती क्षेत्रमा खटाएर विकास अनुभव, प्रविधि, प्रबन्ध प्रदान गर्ने नीति सुरू गरेको छ जसले स्थानीय सर्वसाधारणमा पनि आशा जगाएको छ। चिकित्सा अवस्थाबाहेक सहायक चिकित्सकले स्थानीय चिकित्सकलाई पनि सम्बन्धित तालिम दिनेछन् यसरी नै स्थानीय चिकित्सा हार्डवेयर तथा सफटवेयर पनि उकासिएको छ।

         च्याङ सु प्रान्तको जनअस्पताल सिन च्याङ तथा तिब्बतमा चिकित्सा सहायक दिइरहेकाहरुमध्येको एक हो। सो अस्पतालका प्रमुख थाङ चिन हाइले जानकारी दिएअनुसार, सन् 1997देखि सन् 2017को मार्च महिनासम्म च्याङ सु प्रान्तको जनअस्पतालले पटक पटक गरी सत्र जनालाई खटाएर सिनच्याङलाई सहायता दिएको छ भने हाल नौ जना तिब्बत, सिनच्याङ, छिङ हाइ क्षेत्रमा सहायकको रूपमा कार्यरत छन्।

        चिकित्सकको उपस्थितिमा सुदूर क्षेत्रका विरामीले उपचार सेवा पाएका छन्। तर उपचार सहायक मात्रै भएमा स्थानीय चिकित्सा अवस्थाको साँच्चै सुधार हुँदैन। त्यसैले च्याङ सु प्रान्तको जन अस्पतालले सहायक अवधिमा पनि चिकित्सा तालिम कार्यक्रम पनि संचालन गरेको छ। त्यसबाट स्थानीय चिकित्सकको स्तर पनि धेरै उकासिएको छ।

जानकारी तथा लेखहरु