फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केही दिनको वर्षाबाढीले नेपालको जनजीवन प्रभावित, सतर्क रहन सरकारको अपील

(GMT+08:00) 2017-08-12 14:48:25

महिनादिन देखि कमजोर बनेको मनसुन बिहीबार दिउँसो देखि सक्रिय हुँदा देशभर बर्षा भइरहेको छ। दुई दिनदेखिको बर्षाले पूर्वी र मध्य क्षेत्रका बबर्इ र पश्चिम सेती नदीको आठ स्थानमा उच्चखतराको साइरन बजेको अन्नपूर्ण पोस्ट अनलाइनले जनाएको छ।

२४ घण्टामा ववइ नदी अन्तरगत पर्ने चेपाङ स्टेशनमा १७२, तुल्सीपुरमा १७३, घोराहीमा १५८, पदमपुरमा १६४, अम्वपुरमा २८३ पानी परेपछि साइरन बजेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्मिच राप्तीमा ४२७, नारायणीको मादि क्षेत्रमा २०५ र गोविन्दवस्तीमा १६७ मिलिमिटर पानी परेको वाढी पूर्वानुमान महाशाखाको तथ्याङक छ । ववइ नदिकै भादापुलमा पानीको सतह आठ मिटर नघेर उच्चजोखिम बढेको छ।

मनसूनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यून चापीय प्रणाली मध्य तथा आसपासको भागमा विद्यमान छ।

यसैबीच शनिवार र आइतवार पनि देशैभर वर्षा हुने भएकाले सतर्क रहन सरकारले सबैलाई आग्रह गरेको छ। पूर्वमा झापादेखि पश्चिममा चुरे क्षेत्रसम्म बाढीको जोखिम रहेको भन्दै सतर्क रहन सरकारले अनुरोध गरिएको हो। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले विशेष अपिल जारी गर्दै तल्लो तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको छ । अनलाइन खबरका अनुसार भारी वर्षा हुने भएकाले पूर्वका कन्काई, कोशी, कमला, बिरिङ, त्रियुगा, बाग्मती, खाडो, रातु, लालबकैया र पूर्वी राप्तीमा बाढीका कारण पानीको सतह बढेकाले जोखिम बढेको छ।

जानकारी तथा लेखहरु