फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको टेलिकमको विकास र विस्तारमा रणनीतिक साझेदारी गर्ने जापानको इच्छा

(GMT+08:00) 2017-08-12 14:49:14

जापानी राजदूत मासासी ओगावाले नेपाली टेलिकमको विकास र विस्तारका लागि आफ्नो देश रणनीतिक साझेदारी गर्न तयार रहेको बताउनुभएको छ। शुक्रबार सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसंग भएको भेटका क्रममा राजदूत मासासी ओगावाले नेपाल टेलिकमको विकास र विस्तारका लागि रणनीतिक साझेदारी गर्न तयार रहेको जानकारी दिनुभएको हो।

भेटका क्रममा नेपाल–जापानबीचको सम्बन्ध, आपसी हित र सहयोगका विविध विषयका साथै दूरसञ्चारका क्षेत्रमा केन्द्रित रहेर कुराकानी भएको सूचना तथा सञ्चारमन्त्री बस्नेतले जानकारी दिनुभयो। सरकारले नेपाल टेलिकमको सेवालाई अझ प्रविधियुक्त र गुणस्तरीय बनाउने सन्दर्भमा केही वर्षदेखि उपयुक्त साझेदारको खोजी गर्दै आएको छ।

दूरसञ्चार क्षेत्रमा विश्वप्रख्यात जापानको दूरसञ्चार प्रदायक कम्पनी केडिडीआइले नेपाल टेलिकमसँग साझेदारीका लागि इच्छा व्यक्त गरेको सो अवसरमा जानकारी गराइएको थियो।सो अवसरमा मन्त्री बस्नेतले हाम्रा कतिपय गाउँमा अझै टेलिफोन सेवा नपुगेको तथा पुगेका ठाउँमा पनि गुणस्तरीय सेवा दिन नसकिएको अवस्था रहेको जनाउँदै साझेदारी गर्ने विषयमा नियम कानूनका आधारमा मात्र अघि बढ्न सकिने जवाफ दिनुभएको थियो। साझेदारी गर्दा नेपालले धेरै फाइदा लिन सक्ने हिसाबले कानूनसम्मत ढंगबाट छलफलका आधारमा मात्र साझेदारीको गृहकार्यलाई अघि बढाइने जानकारी दिँदै मन्त्री बस्नेतले भन्नुभयो,'नेपाल टेलिकमलाई प्रविधियुक्त तुल्याउन आवश्यक ध्यान दिइने छ।'

जानकारी तथा लेखहरु