फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्यामरुनमा चीनलदे दिएको सहायताको संयुक्त राष्ट्र संघद्वारा प्रशंसा

(GMT+08:00) 2017-08-12 14:50:54

क्यामरुनका लागि संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम अर्थात् डब्लुएफपीको कार्यालयका प्रमुख अब्दोलाय बाल्देले क्यामरुनमा रहेका मध्य अफ्रिकी गणतन्त्रका शरणार्थीलाई दिएको सहायताको प्रशंसा गर्दै क्षेत्रीय शरणार्थी समस्या समाधान गर्न चीनले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गर्नुभएको छ।

अगष्ट एघार तारिख क्यामरुनको राजधानी याउन्डेमा चीनले उद्धार सामग्री हस्तान्तरण गरेको थियो। सो अवसरमा बाल्देले क्यामरुन लगायत अफ्रिकी मुलुकले चीनबाट उद्धार सहयोग पाउनुका साथै विकास अनुभव पनि सिक्नसक्ने बताउनुभयो।

क्यामरुनका लागि चीनका राजदूत वी वन ह्वाले शरणार्थी र आप्रवासी समस्या क्षेत्रीय समस्या हुनुका साथै विश्वको पनि भएकाले कुनै पनि मुलुक त्यसबाट अलग हुन नसक्ने बताउनुभयो। उहाँले सबैभन्दा ठूलो विकासोन्मुख मुलुकको रुपमा चीनले त्यसमा निकै ध्यान दिनुका साथै त्यसको समाधान गर्न पनि सक्रियता दिइरहेको बताउनुभयो।

चीन र डब्लुएफपीबीचको सम्झौता अनुसार, शरणार्थीको खाद्य समस्या समाधान गर्न चीनले क्यामरुनलाई दश लाख अमेरिकी डलर रकम प्रदान गरेको छ। सो रकमले नौ सय टन खाद्यान्न र पौष्टिक खानेकुरा किनेर क्यामरुन पठाइएको छ।

जानकारी तथा लेखहरु