फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्बीपको तनाव परिस्थितिप्रति रुसी विदेशी मन्त्रीको आव्हान

(GMT+08:00) 2017-08-12 14:51:20

 रुसी विदेशी मन्त्री सेर्गेइ लाभरोभले एघार तारिख अमेरिका र उत्तर कोरिया लगायत मुलुकले द्वन्द्वबाट जोगिनका लागि उचित तथा समझदारीपूर्वक पछि हट्न सुझाव दिनुभएको छ।

रुसको पश्चिमी भागमा पर्ने भ्लादिमिर्स्काया राज्यमा आयोजित "रुसी युवा शिक्षा मञ्च"मा भाग लिँदै विदेशी मन्त्री लाभरोभले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार हाल अमेरिका र उत्तर कोरियाबीच "वाक् युद्ध" ले तनाव बढाउँदै लगेको छ। जसबाट हेर्दा यी दुबै मुलुकले द्बन्द्ब गराउने जोखिम ठूलो छ। तनावपूर्ण कोरियाली प्रायद्बीपको परिस्थितिबाट ठूलो जनधनको क्षति रोक्न रुस र चीनले संयुक्त वक्तव्य प्रकाशित गर्दै यस प्रायद्बीपको आणविक समस्याका लागि वार्ताको रुपरेखा प्रस्तुत गरेका छन्।

यस मार्गचित्रको प्रथम कदम भनेको उत्तर कोरियाले आणविक क्षेप्यास्त्रको विकास गर्ने सबै गतिविधि बन्द गर्नुपर्छ र अमेरिका र दक्षिण कोरियाले पनि उत्तर कोरिया लक्षित ठूला संयुक्त सैन्य अभ्यास रद्द गर्नुपर्छ। जसबाट अमेरिका र उत्तर कोरियाबीच पुनः वार्ताको वातावरण बनाउन तथा आणविक अप्रसारको कोरियाली प्रायद्वीपको सपना साकार तुल्याउनका लागि पूर्वाधार सिर्जना हुनेछ।

जानकारी तथा लेखहरु