फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

देशको सार्वभौमिकताको संरक्षण गर्ने भेनेजुयलाको सेना सक्षम

(GMT+08:00) 2017-08-12 14:51:45

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एघार तारिख भेनेजुयला लक्षित सैन्य गतिबिधि गर्ने सम्भावना रहेको बताउनुभएको छ। त्यसपछि भेनेजुयलाका रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लापेजले भेनेजुयलाको सेनाले देशको सार्वभौमिकता संरक्षण गरिरहनसक्ने जवाफ दिनुभएको छ।

भेनेजुयला संचारमन्त्री एर्नेछो भिलेगासले टेलिभिजनमार्फत भाषण गर्दै अमेरिकाले भेनेजुयलामाथि इतिहासकालदेखि नै सबभन्दा गम्भीर धम्की दिँदै आएकोले भेनेजुयलाका जनताले एबताबद्ध भएर मातृभूमिको सार्वभौमिकताको संरक्षण गर्ने बताउनुभयो।

राष्ट्रपति ट्रम्पले एघार तारिख भेनेजुयलाको वर्तमान स्थितिको सामना गर्न अमेरिका सामु धेरै विकल्प रहेको र भेनेजुयलामाथि सैन्य गतिबिधि चलाउने सम्भावना रहेको पनि बताउनुभएको थियो।

जानकारी तथा लेखहरु