फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष र अमेरिकी राष्ट्रपति टेलिफोन वार्ता

(GMT+08:00) 2017-08-12 14:52:36

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले आज बाह्र तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोनवार्ता गर्नुभएको छ।

टेलिफोन वार्तामा राष्ट्राध्यक्ष सीले चीन र अमेरिकी नेताहरुले साझा अभिरुचीका सवालमा घनिष्ट सम्पर्क राख्नु नै यी दुबै मुलुकबीचको सम्बन्ध विकासको महत्वपूर्ण आधार भएको बताउनुभयो। यी दुबै नेताले आपसी सहमति बमोजिम वार्ता र सम्पर्कलाई मजबुत बनाउँदै विभिन्न पक्षको सहयोगलाई प्रवर्द्धन गर्नसक्ने पनि उहाँले बताउनुभयो।

अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्राध्यक्ष सीसँग महत्वपूर्ण समस्यामा सम्पर्क राख्दै आएको सुनाउँदै हाल अमेरिका र चीनबीचको सम्बन्ध विकासको प्रवृत्ति सकारात्मक रहेको बताउनुभयो। उहाँले चीनको राजकीय भ्रमण गर्नका लागि प्रतिक्षा गरिरहेको पनि सुनाउनुभयो।

कोरियाली प्रायद्बीपको परिस्थितिका सम्बन्धमा राष्ट्राध्यक्ष सीले चीनले सम्बन्धित पक्षलाई संयमता कायम राख्दै कोरियाली प्रायद्वीपको परिस्थिति अझ तनावपूर्ण बन्न दिन नहुने अडान राख्नुभएको छ। चीनले पारस्परिक सम्मानको आधारमा अमेरिकासँग यस समस्याको समाधान गर्न प्रयास गर्दै जाने छ। राष्ट्रपति ट्रम्पले चीनद्वारा यस समस्यामा सिर्जना गरिएको भूमिकालाई सम्पूर्ण रूपले बुझेको बताउनुभयो। उहाँका अनुसार अमेरिकाले चीनसँग साझा अभिरुचीका महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा घनिष्ट सम्पर्क राख्दै जाने आशा लिएको छ।

जानकारी तथा लेखहरु