फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाढी पीडितको उद्धारमा सक्रिय रहन प्रधानमन्त्रीको निर्देशन

(GMT+08:00) 2017-08-13 13:55:28

प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न क्षेत्रमा अविरल बर्षाका कारण डुवानमा परेकाहरुको तत्काल उद्दार गर्न निर्देशन दिनुभएको छ।

शनिबारसाँझ गृहमन्त्री, रक्षामन्त्रीका साथै प्रधानसेनापति, नेपाल प्रहरी र शशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका अधिकारीहरुलाई बालुवाटारमा बोलाएर देउवाले ढुवानमा परेका क्षेत्रमा तदारुकताका साथ उद्दार कार्य हघि बढाउन आफैं उपस्थित हुन निर्देशन दिनुभएको हो। 'बाढीले तराईमा ठूलो धनजनको क्षतिपुगेको छ' उहाँले भन्नुभयो 'तपाईहरु अव काठमाडौं बस्ने होइन, प्रभावित क्षेत्र पुग्नुहोस्। उद्दारमा एकीकृत भएर काम गर्नुहोस्।'

उहाँले बाढीका कारण थप ढुवानमा पर्न सक्ने क्षेत्रको पनि पहिचान गरेर उच्च सतर्कता उपनाउन पनि निर्देशन दिको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। अनलाइन खबरका अनुसार बाढी पीडितहरुको उद्दार, राहत र स्थानान्तरणमा जुनसुकै सहयोग गर्न सरकार तयार रहेको भन्दै उनले उद्दारमा नागरिक समाजको पनि सहयोग लिन आग्रह गर्नुभयो।

बैठकमा गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित क्षेत्र ८० प्रतिशत ढुवानमा परेको तथ्यांक पेश गर्नुभएको थियो। मौसमका कारण हेलिकप्टरबाट उद्दार गर्ने कार्य अघि बढाउन नसकिएको उहाँले बताउनुभयो।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना फिल्डमा खटिइसकेको तर, उद्दार टोली तयारी अवस्थामा रहेपनि मौसमका कारण हेलिकप्टरबाट उद्दार गर्न नसकिएको बताउनुभयो।

जानकारी तथा लेखहरु