फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अविरल वर्षाका कारण हालसम्म ३७ को मृत्यु

(GMT+08:00) 2017-08-13 13:56:09

शुक्रवार देखिको अविरल बर्षाका पछिको बाढी पहिरोका कारण अहिलेसम्म देशभरी ३७ जनाको ज्यान गएको छ।

गहृमन्त्रालका अनुसार सुनसरीमा ८, मोरङमा ५, सिन्धुली र झापामा ४/४, सर्लाही, पाँचथर र बाँकेमा ३/३, बारा र दाङमा २/२, पाल्पा, बर्दिया र मकवानपुरमा एक/एक जनाको ज्यान गएको छ।

त्यस्तै बाढी पहिरोमा परी हजारौं विस्थापित भएका छन्। लगातारको बर्षाका कारण बाढी पहिरो प्रभावितलाई तत्काल उद्दार गर्न कठिनाई भएको सरकारले जनाएको छ।

तराईका धेरैजसो बस्ती डुबानमा परेका छन्। यस्तै बाँकी रहेका केही बस्ती पनि डुब्ने खतरामा रहेका छन्। मोरङ, सुनसरी लगायत पूर्वी क्षेत्रमा अहिलेसम्म राहत पुर्‍याउन नसकेको प्रहरीले जनाएको छ।

नेपालखबर अनलाइनका अनुसार संचार सम्पर्क, बिजुली बत्ति र प्रहरीको सञ्चार सेटमा खराबी आउँदा उद्धारमा कठिनाई भइरहेको हो। पानी परिरहेकाले उद्दारमा खटिएको टोली पनि प्रभावित भएको छ।

जानकारी तथा लेखहरु