फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मुस्ताङमा ३० वर्ष पछि फेरि हावाबाट बिजुली उत्पादन

(GMT+08:00) 2017-08-13 13:56:29

मुस्ताङमा ३० वर्ष पछि फेरि हावाबाट बिजुली उत्पादन भएको छ। मुस्ताङको कागबेनीमा २०४५ सालमा हावाबाट विजुली उत्पादन भएको ३० वर्ष पछि सदरमुकाम जोमसोमस्थित जिल्ला प्रहरी कार्यालयमा हावाबाट बिजुली उत्पादन शनिबारदेखि सुरू भएको हो। हावाबाट निकालिएको बिजुलीको पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्नुभयो। बुद्ध पावर कम्पनीले निमार्ण गरेको दुई वटा टावरमा राखिएको पंखाबाट ३ किलोवाट विद्युत उत्पादन भएको छ।

उत्पादित विद्युतले जिल्ला प्रहरी कार्यालय मुस्ताङमा बिजुली बत्ती बाल्ने, कोठाहरु तातो बनाउने र कम्प्युटर चलाउनलाई प्रयोग हुनेछ। मुस्ताङको कागबेनीमा २०४५ सालमा हावाबाट विजुली उत्पादन भए पनि एक महिना भन्दा बढी समय टिकेको थिएन। कागबेनीमा अत्याधिक हावा चलेपछि पंखा भाँचिएर विद्युत उत्पादन बन्द भएको थियो। 'पंखालाई हावाले घुम्दा विद्युत उत्पादन हुन्छ,' उहाँले भन्नुभयो –'उत्पादित विद्युत व्याट्रीमा सञ्चय हुन्छ, चाहिएको बेलामा बत्ती बाल्न र अन्य प्रयोगका लागि प्रयोग गर्न सकिन्छ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोराला नाका छिटै खुल्ने बताउनुभयो। ओलीले नेपाल तर्फबाट कोरालासम्म सडक बन्ने काम भइरहेको र चीन तर्फबाट पनि सडक बनिरहेका कारण छिटै नाका खुल्ने बताउनुभएको सेतोपाटीले जनाएको छ। उहाँले हावाबाट बिजुली निकन्छ भन्दा उडाउँनेलाई मुस्ताङमा आएर हेर्न आग्रहसमेत गर्नुभयो।

जानकारी तथा लेखहरु