फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

च्युचाइकौ हाङ्ग लुङ्ग विहानस्थलद्वारा पर्यटकको स्थानान्तरण काम पूरा

(GMT+08:00) 2017-08-13 13:57:14

बाह्र तारिख सछ्वानको च्युचाइकौमा भूकम्प गएको पाँचौं दिन हो। नागरिक उड्डयन सिस्टमका विभिन्न पक्षको संयुक्त प्रयासमा स्थानीय पर्यटकको स्थानान्तरण काम,उद्वारकर्ता र मालसामानको आपतकालीन ढुवानी、विभिन्न किसिम उडान संरक्षण काम सुचारु रुपमा भैरहेको देखिन्छ।

यस बाह्र तारिखसम्म च्युचाइकौ ह्वाङ्ग लुङ्ग विमानस्थलमा पर्यटकको स्थानान्तरण काम आधारभूत रूपमा पूरा भइसकेको छ। विभिन्न उडान संरक्षण तथा प्रत्याभूति काम पनि सुचारू रूपमा चलिरहेको छ।

नागरिक उड्डयन विभागको दक्षिण पश्चिमी क्षेत्र व्यवस्थापन व्युरोबाट थाहा भएअनुसार भूकम्प गएदेखि अगष्ट बाह्र तारिख दिउँसो पाँच बजेसम्म नागरिक उड्डयन विभागले प्रकोप उद्धार उडानको प्रत्याभूति गर्नका लागि 127 वटा उडान पठाएको छ। ह्वाङ्ग लुङ्ग विमानस्थलबाट 2456 जना पर्यटकलाई सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ।

जानकारी तथा लेखहरु