फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती परम्परागत हस्ताकलाबाट गरिबी निवारण

(GMT+08:00) 2017-08-13 13:58:31

 39 वर्षीय लोसाङछ्युतान तिब्बती नानमुलिन जिल्लाको गापु गाउँका सर्वसाधारण हुन्। उनले एक जातीय हस्तकला कम्पनी संचालन गर्छन्। सन् 2008 मा लोसाङछ्युतानले जिल्लाबाट तीस वर्गमिटरको घर भाडामा लिएर असी हजार युआन लगानीमा तिब्बती धूप उत्पादन गर्न थाले।

सो अवसरमा उनले तीन जना स्थानीय विकलाङ्ग गाउँले बोलाएर तिब्बती धूप बनाउने सिप सिकाए। तिनीहरुले बाहिर रोजगारी पाउन गाह्रो थियो तर लोसाङछ्युतानको कम्पनीमा हरेक महिना एक हजार आठ सय युआन आर्जन गर्नसक्थे। सन् 2011 मा लोसाङछ्युतानले अर्को फर्निचर कारखाना खोले। त्यसपछि उनले कारखानाको लाभ लिएर विकलाङ्गलाई थाङ्का तालिम कक्षा, तिब्बती धूप तालिम कक्षा आदि खोलेका थिए जसले जम्मा गरी एक सय पचासभन्दा बढीलाई तालिम दिएका थिए तीमध्ये साठ्ठीभन्दा बढीले रोजगारी पाए। फेरि सन् 2016 मा उनले तामा उपकरण उत्पादन कक्षा खोलेर तीस वटा गरिब परिवारलाई गरिबीबाट मुक्त गरे।

केही वर्षयता तिब्बतमा लोसाङछ्युतानजस्तो सामाजिक व्यवसायी धेरै छन्। तिब्बत सरकारले पनि सम्बन्धित नैतिक समर्थन दिएर परम्परागत हस्तकला उद्योगको आधारमा गरिबी निवारण गर्न सहायता गरिरहेको छ। तिब्बती सरकारबाट प्राप्त समाचारअनुसार, सन् 2017 मा प्रदेशभरिका एक लाख तीस हजारलाई गरिबीबाट मुक्त गरिनेछ।

जानकारी तथा लेखहरु