फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केन्याको राष्ट्रपतिय निर्वाचन सम्बन्धमा राष्ट्रसंघका महासचिवको आह्वान

(GMT+08:00) 2017-08-13 13:59:04

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बाह्र तारिख केन्याका राजनीतिक नेताहरुले वैधानिक तरीकाबाट राष्ट्रपति निर्वाचनको विवाद अन्त्य गर्न आह्वान गर्नुभएको छ।

केन्यामा राष्ट्रपतिय निर्वाचन यसै अगष्ट आठ तारिख आयोजना भएको थियो। मतदान नतिजा सार्वजनिक भएपछि "राष्ट्रिय सुपर लिग" का केही समर्थकहरुले जुलुस प्रदर्शनी गर्दै यस नतिजाको विरोध गरेका थिए। जसबाट गराइएको हिँसात्मक गतिविधिबाट मानवीय क्षति उत्पन्न भएको थियो। यसप्रति महासचिव गुटेर्रेसले सम्बन्धित पक्षले संवैधानिक संस्थामार्फत यस विवादको समाधान गर्न आह्वान गर्नुभएको छ। उहाँका अनुसार संयुक्त राष्ट्र संघले अफ्रिकी संघ आदि संस्थासँग केन्या सम्बन्धित विभिन्न पक्षसँग सक्रिय सम्पर्क राख्दै केन्याको राष्ट्रपतिय निर्वाचन सुचारु रूपमा सम्पन्न गर्न सघाउनेछ।

जानकारी तथा लेखहरु