फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अक्सिजन अभावले भारतको एक अस्पतालमा ३० बालबालिकाको मृत्यु

(GMT+08:00) 2017-08-13 14:03:26

भारतको द हिन्दु अखवारका अनुसार, केही दिनयता चौध जना नवजात शिशु लगायत कम्तीमा ३० जना बालबालिकाको उत्तरी भारतस्थित एक सरकारी अस्पतालमा मृत्यु भएको छ। यो दुर्घटना र सम्बन्धित कम्पनीले चिकित्सा अक्सिजन प्रदान गर्न रोकेकोसँग सम्बन्धित छ।

प्राप्त समाचारअनुसार, सो अस्पतालसँग सम्झौता भएको एक नीजि कम्पनीले अस्पतालले सत्तरी लाख भारतीय रुपैयाँ ऋणमा तिर्न बाँकी रहेकाले अक्सिजन प्रदान गर्न रोकेको थियो जसबाट सो अस्पतालमा कम्तीमा तीस जना बच्चाले मृत्युवरण गर्नुपरेको हो।

उत्तरी राज्य सरकारले बच्चाको मृत्यु र अक्सिजन रोकिएको कुराबीच सम्बन्ध नरहेको बताउँदै विभिन्न रोग लागेर बच्चाको मृत्यु भएको व्यक्त गरेको छ।

उत्तरी राज्यका स्वास्थ्यमन्त्री सिद्धार्थ नाथ सिँहले पत्रकारसँग कुराकानी गर्दै सरकारले विशेष व्यक्ति खटाएर त्यसमाथि जाँचबुझ गर्नेछ र यदि कुनै कर्तव्यको बेवास्ता भएमा कडा कार्वाही गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु