फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाढीका कारण विराटनगर र लुक्ला विमानस्थल बन्द

(GMT+08:00) 2017-08-14 14:32:07

विराटनगर र लुक्लाबाहेक तराईका सबै विमानस्थल सुचारु रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ। बाढी प्रभावित जिल्लाका भद्रपुर, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगन्ज, धनगढी विमानस्थलहरू भने सञ्चालनमा आइसकेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले विराटनगर र लुक्लाबाहेक वर्षाले प्रभावित तराईका अरू सबै विमानस्थल सुचारु भएको बताउनु भएको छ। 'तराईमा विराटनगर मात्रै सञ्चालनमा आएको छैन। भद्रपुर, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगन्ज, धनगढी सञ्चालनमा आइसकेका छन्,' उहाँले भन्नुभयो। उहाँका अनुसार लुक्ला विमानस्थलमा मौसमका कारण उडान रोकिएको हो।

'त्यहाँ लो भिजिबिलिटी भएका कारण उडान हुन नसकेको हो,' ठाकुरले भन्नुभयो, 'मौसममा सुधार आएपछि उडान सुचारु हुनेछन्।' विराटनगरमा खोलाको पानी पसकेकाले धावनमार्ग अवरुद्ध भएको हो।

विराटनगर विमानस्थलको जमिनमा तीन फिटसम्म पानीको सतह पुगेको उहाँले बताउनुभयो। पानी घटेपछि काठमाडौंबाट नागरिक उड्डयन प्राधिकरणले धावनमार्गको इलेक्ट्रिकल उपकरण, नेभिगेसन, रेडियो फ्रिक्वेन्सी र धावनमार्गको पिचमा परेको असर जाँच्न 6 जना प्राविधिकहरू पठाउने जनाएको छ। यसको संयोजन विराटनगर विमानस्थल प्रमुख सुरेशमान सिंहले गर्नुहुनेछ।

 

जानकारी तथा लेखहरु