फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको कडा अनुशासन विधलाई अझ गहन बनाइने

(GMT+08:00) 2017-08-14 18:49:52

सन् २०१२ को नभेम्बर १५ तारिख चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङले पार्टीको कडा अनुशासन संचालन विधि शुरु गर्नुभएको छ। बितेका पाँच वर्षयता, संचालित भ्रष्टाचार विरोधी विविध कमदहरुबाट राजनैतिक तथा सामाजिक वातावरणमा ताजा हावा ल्याइएको छ।

सन् २०१६ को अन्तसम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय अनुशासन निरीक्षण आयोगबाट २४० जना मझौला क्याडरहरुमाथि मुद्दा चलाइएको छ भने २२३ जनालाई पार्टीभित्र सजाय दिइएको छ। त्यसैगरी १०५ जनालाई अदालतमा उपस्थित गराइएको छ।

सर्वसाधारणले आलोचना गरेका आधारभूत पार्टी संगठनहरुमा भ्रष्टाचार सम्बन्धमा मुख्यतया गरिबी निवारणमा वितरित आर्थिक सहायता, कृषकलाई दिइएको आर्थिक सहायता, जग्गाको अधिग्रहण तथा अरु प्रयोगमा ल्याइने क्षेत्रमा देखा परेको भ्रष्टाचार समस्यालाई लक्षित गरी केन्द्रीय समितिले कडा अनुशासन विधि अपनाउँदै आएकोछ। प्राप्त जानकारी अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रीय समितिको महाधिवेशनयता, चीनभरि तल्लो निकायका पार्टी क्याडर गरी १ लाख ४३ हजार जनालाई कारवाही गरिएको छ।

साथै पार्टीको अवस्थालाई पनि शुद्ध गरिँदै आएको छ। बिगत पाँच वर्षयता, पार्टीभित्र ६० वटा नियम लागू भएका छन् र राष्ट्रिय निगरानी अवस्थाको सुधारमा पनि सन् २०१७ को शुरुमा वस्तुगत पाइला चालिएको छ। राष्ट्रिय तथ्याङ्क व्यूरोले गरेको एक सर्भेक्षणका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक वातावरण निर्माण तथा भ्रष्टाचार विरोधी कामप्रति सर्वसाधारणले व्यक्त गरेको सन्तोष हरेक वर्ष बढ्दै गएको छ। अठारौं राष्ट्रिय समितिको महाधिवेशनअघि ७५ प्रतिशत नागरिकले सन्तोष व्यक्त गरेका थिए भने सन् २०१६ मा यो बढेर ९२.९ प्रतिशत पुगेको छ।

अठारौं राष्ट्रिय समितिको महाधिवेशनयता चिनियाँ कम्युनिष्ट पार्टीको कडा अनुशासन विधि संचालनका क्रममा ऐतिहासिक उपलब्धि हासिल गरिएपछि गत जुलाई २६ तारिख महासचिव सी चिनफिङले पार्टीको कडा अनुशासन संचालन विधिलाई अझ गहिरो रुपमा अघि बढाउनुपर्ने पुष्टि गर्नुभयो।

जानकारी तथा लेखहरु