फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ उपप्रधानमन्त्री याङद्वारा पाकिस्तान स्वतन्त्रताको 70 औं वार्षिकोत्सव समारोहलाई सम्बोधन

(GMT+08:00) 2017-08-15 16:31:02

अगष्ट 14 तारिख पाकिस्तान स्वतन्त्रताको 70औँ वार्षिकोत्सव समारोह इस्लामावादमा आयोजित भयो। पाकिस्तानका राष्ट्रपति मामनून हुसेन, प्रधानमन्त्री शाहिद खाकन अब्बासी, पाकिस्तानका लागि विभिन्न देशका राजदूतहरुलगायत लगभग एक हजार गन्यमान्य व्यक्तिहरु उक्त समारोहमा सहभागी भएका छन्। चीनका उपप्रधानमन्त्री वाङ्ग याङ्गले सहभागी भएर सम्बोधन गर्नुभएको छ।

उहाँले चीन सरकार र जनताको प्रतिनिधित्वका रुपमा पाकिस्तानी जनतालाई हार्दिक अभिवादन र शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले स्वतन्त्रतादेखि पाकिस्तानको विकास तथा निर्माणको उपलब्धिमाथि उच्च मूल्याङ्कन गर्नुका साथै चीन र पाकिस्तानको परम्परागत मित्रताको प्रशंसा पनि गर्नुभएको छ।

उहाँका अनुसार, सन् 2015 मा राष्ट्राध्यक्ष सी चिन फिङले पाकिस्तानको भ्रमण गर्दै दुई देशको सम्बन्धलाई हरपलको रणनीतिक सहयोग साझेदारी सम्बन्ध निश्चित गरेर मैत्री तथा सहयोगको नयाँ अध्याय सुरु गर्नुभयो। चीनले पाकिस्तानसँग रणनीतिक , आर्थिक तथा सांस्कृतिक सहयोगलाई चौतर्फी रुपमा सबल पार्ने इच्छा लिएको उहाँले बताउनुभएको छ।

जानकारी तथा लेखहरु