फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीसँग चीनका उपप्रधानमन्त्रीको भेट

(GMT+08:00) 2017-08-15 16:31:26

पाकिस्तानका राष्ट्रपति मामनून हुसेनले अगष्ट 14 तारिख इस्लामावादमा चीनका उपप्रधानमन्त्री वाङ्ग याङ्गसँग भेट-वार्ता गर्नुभएको छ।

वार्तामा पाकिस्तान स्वतन्त्रताको 70औँ वार्षिकोत्सव कार्यक्रममा चिनियाँ प्रतिनिधि मण्डल सहभागी भएकोमा राष्ट्रपति हुसेनले चीनप्रति आभार प्रकट गर्नुभएको छ। उहाँका अनुसार, पाकिस्तान र चीन सबैभन्दा घनिष्ट साथी हुनुका साथै चीनसँगको मित्रता पाकिस्तानको कुटनीतिक आधार रहेको छ। चीनको केन्द्रीय हितसित सम्बन्धित मामिलामा पाकिस्तानले निरन्तर चीनलाई सक्रिय समर्थन गर्नुका साथै बेल्ट एण्ड रोड इनिसिएटिभको निर्माणमा सक्रिय रुपमा भाग लिएर आर्थिक कोरिडोरको निर्माणलाई अगाडि बढाउने र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा चीनसँगको सहयोगलाई सबल पार्नेछ।

उपप्रधानमन्त्री वाङ्ग याङ्गले राष्ट्रपति हुसेनलाई चीनका राष्ट्राध्यक्ष सी चिन फिङको हार्दिक अभिवादन सन्देश हस्तान्तरण गर्नुभएको छ। उहाँले चीन सरकार र जनताको प्रतिनिधिका रुपमा पाकिस्तानलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्राध्यक्ष सी चिन फिङ र पाकिस्तानका नेतागणबाट प्राप्त महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतारेर आपसी रणनीतिक विश्वास र व्यावहारिक सहयोगलाई गहन पार्नुका साथै आपसी बुझाइ र समर्थनलाई अगाडि बढाउने इच्छा चीनले लिएको उहाँले बताउनुभयो।

सोही दिन उपप्रधानमन्त्री वाङ्ग याङ्गले पाकिस्तान स्वतन्त्रताको 70औँ वार्षिकोत्सव समारोहमा सहभागी भएर सम्बोधन गर्नुभएको छ।

13 तारिख पाकिस्तानका प्रधानमन्त्री साहिद खाकन अब्बासीले उपप्रधानमन्त्री वाङ्ग याङ्गसँग वार्ता गर्नुभयो।

जानकारी तथा लेखहरु