फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्र संघीय सुरक्षा परिषद्द्बारा बुर्किनाफासोमा भएको आतंकवादी हमलाको निन्दा

(GMT+08:00) 2017-08-15 16:48:54

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले अगष्ट चौध तारिख एउटा बक्तव्य जारी गर्दै तेह्र तारिख बुर्किनाफासोको राजधानी वागादुगो शहरमा भएको क्रुर आतंकवादी हमलाको कडा शब्दमा निन्दा गरेको छ।

राष्ट्र संघीय सुरक्षा परिषद्का सदस्य मुलुकहरूले आतंकवाद विरोधी बुर्किनाफासो सरकारको प्रयासलाई समर्थन गर्नुका साथै आतंकवाद विरोधी क्षेत्रीय र अन्तर्राष्ट्रिय कारवाही तथा उग्रवादलाई प्रहार गर्ने शक्तिलाई बढाउनुपर्ने विषयमा जोड दिएको कुरा सो बक्तव्यमा उल्लेख गरिएको छ।

प्राप्त जानकारी अनुसार, बुर्किनाफासोको राजधानी वागादुगो केन्द्रको एन्क्रुमाह सडकस्थित एउटा कफी पसलमा तेह्र तारिख राति आतंकवादी हमला मच्चाइएको थियो। त्यसमा परी अठारजनाको ज्यान जानुका साथै अन्य बीस जनाभन्दा बढी घाइते भएका छन्। दुईजना आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेको छ।

जानकारी तथा लेखहरु