फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानले बिना शर्त आत्मसमर्पण गरेको 72 औँ वार्षिकोत्सवको सम्झना

(GMT+08:00) 2017-08-15 18:21:25

आज अगष्ट पन्ध्र तारिख जापानले बिना शर्त आत्मसमर्पण गरेको 72 औँ वार्षिकोत्सव हो। आजको दिन चीनका विभिन्न स्थानमा विविध कार्यक्रममार्फत यो ऐतिहासिक दिवसको सम्झना गरिएको छ।

72 वर्षअघि आजकै दिन जापानी सम्राट हिरोहितोले रेडियोबाट युद्ध विरामको घोषणा गर्दै विश्वसमक्ष बिना शर्त आत्मसमर्पण गरेका थिए। आत्मसमर्पण पत्र हस्ताक्षर गरिएको मिसौरी नामक युद्धपोतमा हालसम्म त्यति बेलाको आत्मसमर्पण समारोहको अवस्थालाई अझै संरक्षित गरिएको छ।

आज दिउँसो दुई बजेसम्म चिनियाँ जनताले जापानी अतिक्रमणकारी युद्ध स्मृत्ति संग्रहालयमा पाँच हजार एक सय बयसठी जना दर्शकले अवलोकन गरेका छन्।

चीनको ल्याउ निङ प्रान्तको फु सिनस्थित खनिज सुरुङमा मरेका कामदारको स्मृत्ति संग्रहालयमा उत्तर-पूर्वी भागका सैनिक र जनताले चौध वर्षसम्म जापानी अतिक्रमणकारी युद्धको प्रतिरोध प्रदर्शनी आजैदेखि औपचारिक रुपमा शुरु भएको छ।

यसका अतिरिक्त शाङ्गहाई सोङ हु युद्ध स्मृत्ति संग्रहालयको पनि आजै थुप्रै पर्यटक र विद्यार्थीहरूले अवलोकन गरेका छन्।

जानकारी तथा लेखहरु