फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गणतन्त्र कोरियालाई थाड प्रक्रिया बन्द गर्न चीनको आग्रह

(GMT+08:00) 2017-08-15 18:22:28

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले हिजो अगष्ट चौध तारिख निष्ठापूर्वक चीनको सुरक्षा विचारमा नजर पुर्‍याउनुका साथै थाडको तैनाथ प्रक्रिया बन्द गर्न चीनले गणतन्त्र कोरियालाई आग्रह गरेको बताउनुभएको छ। उहाँले हिजै आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारद्बारा सोधिएका सम्बद्ध प्रश्नको जवाफ दिँदै उक्त कुरा बताउनुभएको हो।

प्रवक्ता ह्वाका अनुसार, थाडको तैनाथ गर्ने कार्यले गणतन्त्र कोरियाको सुरक्षामा र कोरियाली प्रायद्बीपको आणविक समस्याको समाधानमा कुनै पनि सघाउ पुर्‍याउँदैन। बरु त्यो कारवाहीबाट चीन लगायत विविध सम्बद्ध क्षेत्रीय मुलुकहरूको रणनीतिक सुरक्षा हितलाई गम्भीर क्षति पुर्‍याउनेछ। त्यसैले थाडको तैनाथ प्रक्रिया बन्द गर्न चीनले गणतन्त्र कोरियासँग गम्भीर रुपमा आग्रह गरेको छ।

जानकारी तथा लेखहरु