फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ उपप्रधानमन्त्रीद्वारा नेपालका दुई प्रमुख नेतासँग भेट

(GMT+08:00) 2017-08-16 14:48:51
चिनियाँ उपप्रधानमन्त्री वाङ याङ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नु भएको छ।।

उपप्रम वाङले नेपाल भ्रमणको दोस्रो दिन मंगलबार दुई पक्षीय वार्ता लगत्तै दुईजना पूर्व प्रधानमन्त्री ओली र दाहालको टोलीसँग आफू बसेको होटल सोल्टीमा छुट्टाछुट्टै भेटवार्ता गर्नु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

चिनियाँ उपप्रधानमन्त्री वाङले एमाले अध्यक्ष ओलीसँग एक्लै 35 मिनेट भेट गर्नु भएको छ। एमाले पदाधिकारीसँगको संयुक्त भेटपछि ओलीले छुट्टै वाङ्लाई भेटको ओलीनिकट नेता विष्णु रिमालले बताउनुभयो।

उपप्रम वाङले अपरान्ह 3 बजेदेखि पौने 4 बजेसम्म अध्यक्ष दाहालले नेतृत्व गरेको माओवादी केन्द्रको टोलीसँग करिब 45 मिनेट भेटवार्ता गर्नु भएको थियो। जहाँ माओवादी केन्द्रका हेडक्वाटर सदस्यहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङ, पम्फा भुषाल, मातृका यादव लगायतको उपस्थिति थियो।

त्यसलगत्तै वाङले अध्यक्ष ओलीले नेतृत्व गरेको एमाले टोलीसँग करिब एक घण्टा भेटवार्ता गर्नुभयो। जसमा एमालेका नेताहरू र्इश्वर पोखरेल, सुभाष नेवाङ, प्रदीप ज्ञावली, विष्णु रिमाल, राजन भट्टराईलगायत हुनुहुन्थ्यो।

एमाले सचिव प्रदीप ज्ञवलीका अनुसार उपप्रम वाङले विगतमा ओली सरकारले चीनसँग गरेको व्यापार तथा पारबहन सम्झौता लागू गराउने उदेश्यले आफूले नेपाल भ्रमण गरेको बताउनु भएको छ। केरुङ–काठमाडौँ रेलमार्ग, तेल तथा ग्याँस उत्खनन्, थप सडकमार्गको विस्तार, अन्तरदेशीय ट्रान्समिसन लाइनजस्ता विषयमा ओलीसँग चिनियाँ टोलीले खुलेर छलफल गरेको ज्ञवलीले बताउनुभयो।

अध्यक्ष दाहालले चीनसँग कनेक्टिभिटिबाट नेपालको विकास हुने भन्दै विषय प्रवेश गराएपछि वाङले माओवादी केन्द्रको टोलीसँग तिनै विषयमा छलफल गर्नु भएको थियो। दाहालसँग वाङले रेलमार्ग लगाएतका क्षेत्रमा नेपाललाई सहयोग गर्न चीन तयार रहेको बताउनु भएको थियो। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ भन्नुहुन्छ, 'नेपाल र चीनबीच विगतमा भएका सम्झौताको कार्यान्वयन र हिमालयपार रेलमार्ग तथा ट्रान्समिसनलाईन जस्ता क्षेत्रमा चिनियाँ चासो निकै बढेको वाङले प्रष्ट संकेत गर्नुभयो।'

 

जानकारी तथा लेखहरु