फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रभावित क्षेत्रमा भाइरल प्रकोप

(GMT+08:00) 2017-08-16 14:49:52

नेपालको बाढी प्रभावित क्षेत्रका स्थानीय बिरामी पर्न थालेका छन्। उनीहरूमा झाडापखाला, ज्वरो आउने, टाउको र पेट दुख्ने, आँखा पाक्ने र छालामा खटिराको समस्या देखिएको कान्तिपुर अनलाइनले लेखेको छ।

बाढीले पिउने पानी र वातावरण दूषित भएपछि बाढीग्रस्त क्षेत्रमा भाइरल लगायतको संक्रमण देखिन थालेको स्वास्थ्यकर्मीहरूले बताए। राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुबानमा परेपछि त्यहाँका बाढी प्रभावितको उपचारमा समस्या भएको छ। बाढीले औषधिसमेत नष्ट गरेका कारण कठिनाइ भएको हो।

डुडवा गाउँपालिकाका स्वास्थ्य चौकीहरू पनि बाढीको डुबानमा छन्। राप्ती सोनारी ६ कमैया डाँडामा बिरामीको संख्या बढेको छ। जटिल अवस्थाका ६ जना बिरामीलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी नेपालगन्ज ल्याइएको छ। आइतबार त्यहाँका दुई बिरामीलाई सेनाले उद्धार गरी नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा भर्ना गरेको थियो। प्रभावित क्षेत्रका करिब पाँच सय बिरामीको उपचार गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ।

बाढीपीडित बस्तीमा भाइरलको प्रकोप फैलिन थालेपछि चिकित्सहरूसहितको टोली परिचालन गरिएको छ। अति प्रभावित फत्तेपुर क्षेत्रमा मंगलबार साँझ औषधिसहित स्वास्थ्यकर्मी पठाइएको जनस्वास्थ्यले जनाएको छ। जिल्ला जनस्वास्थ्य, बाँकेका वरिष्ठ जनस्वास्थ्य प्रशासक खिमबहादुर खडकाले बाढी प्रभावित क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनुभयो। 'बाढीपछि वातावरण दूषित छ । त्यसैले भाइरल देखिएको हुनसक्छ,' उहाँले भन्नुभयो, 'सबैजसो क्षेत्रमा स्वास्थ्यकर्मीहरू पठाइसकेका छौँ।'

राप्ती सोनारी गाउँपालिकाको कमैया डाँडा, टिकुलीपुर, बालापुर, फत्तेपुर, बैजापुर, कचनापुर र कुसुम गाउँका पीडितमा समस्या बढी देखिएको छ। त्यस्तै, खजुरा गाउँपालिकाको उढरापुर र पुरैनाका पीडितहरूले स्थानीय विद्यालयमा आश्रय लिएका छन्। त्यहाँका पीडितहरू पनि बिरामी परेका छन्। नरैनापुर गाउँपालिकाको सोनवर्षा र गंगापुरका स्थानीय पनि बिरामी परेका छन्। डुडवा गाउँपालिकाको खल्ला झगडिया गाउँका पीडितहरू डाँडामा बसेका छन्। त्यहाँका पीडितहरूमा पनि भाइरलको समस्या देखिएको छ।

बाढीका कारण राप्ती सोनारी गाउँपालिका सडक सञ्जालबाट विच्छेद भएका कारण एम्बुलेन्स जान सक्ने अवस्था छैन। राप्ती नदीको सिधनिया घाटमा रहेको पुलको पूर्वतर्फ रहेको सडक कटानमा परेपछि सवारीसाधन चल्न सकेका छैनन्। सहसेनानी डा. प्रतीक रेग्मीले फत्तेपुर क्षेत्रका जटिल अवस्थाका बिरामीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरेर नेपालगन्ज ल्याएको बताउनुभयो। उहाँले जिल्ला जनस्वास्थ्यको आग्रहपछि प्रभावित क्षेत्रका बिरामीलाई उद्धार गरिरहेको जनाउनुभयो।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य निरीक्षक रामबहादुर चन्दले बाढी प्रभावित क्षेत्रका बिरामीहरूको उपचार भइरहेको बताउनुभयो। उहाँले पीडितहरू बसेकै स्थानमा

पुगेर स्वास्थ्य जाँच गरेर औषधि दिइरहेको जनाउनुभयो।

 

जानकारी तथा लेखहरु