फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको एक चीन नीतिप्रति चिनियाँ उपप्रधानमन्त्रीको प्रशंसा

(GMT+08:00) 2017-08-16 14:50:43

नेपालको तीन दिने औपचारिक भ्रमणमा रहनु भएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपालले लिँदै आएको एक चीनको नीतिको प्रशंसा गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ। 'नेपाल चीनको पुरानो मित्र मुलुक हो। हामी नेपालको विकास प्रक्रिया अघि बढेको हेर्न आतुर छौं। नेपाललाई आवश्यक पर्ने सहयोग गर्न चाहन्छौं,' राष्ट्रपति सी चिनफिङको विशेष सन्देश बोकेर नेपाल आएको बताउदै उहाँले भन्नुभयो, 'दुवै पक्ष उत्तिकै सक्रिय हुन सकेको खण्डमा मात्र सहकार्य, लगानी र सम्झौता अघि बढ्छ। यसमा राजनीतिक स्थायीत्व पनि अर्को कारण हो।'

नेपालका मुख्य दुई कम्युनिष्ट नेताहरु पुष्पकमल दाहाल र केपी शर्मा ओलीसँगको भेटमा उहाँले चीनप्रतिको नेपालको नीतिको प्रशंसा गर्नु भएको हो। माओवादी केन्द्रका अध्यक्षसँगको भेटमा नेपालको विकास प्रक्रिया दुईपक्षीय सहकार्य, लगानी लगायतको विषयमा छलफल भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताउनुभयो। नेपालले अख्तियार गरेको एक चीन नीति प्रति उपप्रधानमन्त्री वाङले नेपाल कूटनीतिक मामिलामा परिपक्व मुलुक रहेको बताउनु भएको थियो।

अध्यक्ष दाहालले नेपालको भौतिक विकास र पूर्वाधार निर्माणमा लगानी बढाउन चिनियाँ पक्षलाई दुवै राजनीतिक दलका नेताहरुले आग्रह गरेका थिए। 'चीन नेपालमा लगानी गर्न इच्छुक छ। बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई)को माध्यमबाट लगानी ल्याउन र यसअघि भएका सम्झौता कार्यान्वयनमा ल्याउने सुनाएका थिए,' भुषालले भनिन्, 'आपसी हित र चासोका विविध आयामका बारेमा छलफल भयो।' गत चैतमा भएको दाहालको चीन भ्रमणको क्रममा दिएको निमन्त्रणामा वाङ नेपाल भ्रमणमा आएको भन्दै उनले वाङलाई धन्यवाद समेत दिएका थिए। स्थानीय तहको दुई चरणको निर्वाचन सम्पन्न भएको र अर्को चारणको निर्वाचन सम्पन्न गरेकोमा पनि वाङले प्रशंसा गरेको भुषालले बताइन्।

 

जानकारी तथा लेखहरु