फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरियासँग वार्ता गर्न इच्छुक रहेको अमेरिकी विदेश मन्त्रीको भनाइ

(GMT+08:00) 2017-08-16 14:51:44

हाल अमेरिका र उत्तर कोरियाबीचमा कडा वाकयुद्ध चलिरहेको र कोरियाली प्रायद्बीपको तनावपूर्ण परिस्थिति चर्कँदै आएको अवस्थामा अमेरिकी विदेश मन्त्री रेक्स टिलेर्सनले हिजो अगष्ट पन्ध्र तारिख उत्तर कोरियासँग वार्ता गर्न अमेरिका इच्छुक भएको जनाउनुभएको छ।

सोही दिन अमेरिकी विदेश मन्त्रालयमा पत्रकारसँग कुराकानी गर्दै विदेश मन्त्री टिलेर्सनले भन्नुभयो उत्तर कोरियासँग वार्ता गर्ने उपाय खोज्न अमेरिकाको चासो विद्यमान नै रहेको छ तापनि वार्ता शुरु हुने कि नहुने भन्ने कुरा उत्तर कोरियाली नेता किम जोनउनमा भर पर्दछ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले पन्ध्र तारिख बोल्दै अमेरिकी विदेश मन्त्री तथा रक्षा मन्त्रीले कूटनीतिक उपायमार्फत कोरियाली प्रायद्बीपको आणविक समस्याको समाधान गर्न सकारात्मक धारणा व्यक्त गर्नुभएको र अमेरिकाले ती धारणालाई व्यवहारमा ठोस नीतिमा राख्ने आशा चीनले लिएको बताउनुभएको छ। साथै प्रवक्ता ह्वाले उत्तर कोरियाले अमेरिकाको सोही अडानको जवाफ दिन पनि आह्वान गर्नुभएको छ।

जानकारी तथा लेखहरु