फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ तथा नेपाली उप प्रधानमन्त्री बीच वार्ता

(GMT+08:00) 2017-08-16 14:54:20

नेपालको भ्रमणमा रहनुभएका चीनका उप प्रधानमन्त्री वाङ याङले हिजो अगष्ट पन्ध्र तारिख नेपालका उप प्रधानमन्त्री विजयकुमार गच्छदारसँग वार्ता गर्नुभएकोछ। वार्तामा साझा प्रयासमार्फत विभिन्न क्षेत्रमा हुने आपसी वस्तुगत सहयोगमा नयाँ उपलब्धि हासिल गराउने सहमति भएको दुवै पक्षले जनाएका छन्।

वार्तामा चीनका उप प्रधानमन्त्री वाङ याङले छिमेकी मुलुक चीन र नेपाल विश्वासिलो साथी र साझा विजय हासिल गर्ने साझेदार हुन् भन्ने पुष्टि गर्नुभएको छ। चीनले नेपालसँगै मिलेर चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा नेपाली नेता बीच सम्पन्न महत्वपूर्ण मतैक्यलाई व्यवहारमा उतार्दै बेल्ट एण्ड रोड इनिसिएटीभ(बीआरआई) प्रारुपमा हुने वस्तुगत सहयोगमा अझ ठूलो उपलब्धि हासिल गर्न प्रयास गर्ने आशा व्यक्त गर्नुभएकोछ। पारस्परिक व्यापारलाई विस्तार गर्दै नेपालको आफ्नो उद्योग-धन्दाको विकासको समर्थन गर्दै लगानी सहयोगलाई प्रवर्द्धन पार्ने अपेक्षा पनि प्रकट गरिएकोछ। रेलमार्ग, राजमार्ग, नाका लगायत पूर्वाधार निर्माणलाई स्थिर रुपमा अघि बढाउँदै आपसी सम्पर्क तथा यातायातलाई सबल पारिने उल्लेख गरिएको छ। पेट्रोलियम तथा ग्यास, विजुली, सफा उर्जा क्षेत्रमा हुने सहयोगलाई विस्तार गर्दै नेपालले आफ्नो उर्जा आपूर्ति क्षमतालाई बढाउन चीनले सहयोग दिँदै जाने छ। मानवीय आदानप्रदान तथा स्थानीय सहयोगलाई अघि बढाउँदै नेपालले विविध तरिकामार्फत पर्यटन प्रवर्द्धन कार्यक्रममा चीनले समर्थन दिँदै जाने छ। सर्वसाधारणको दैनिक जीवनसँग घनिष्ट सम्बन्ध भएका क्षेत्रलाई सुधार गर्दै चिकित्सा तथा स्वास्थ्य सम्बन्धी सहयोगलाई मजदूत पार्दै नेपाली शहरमा खानेपानीको गुणस्तर उकास्ने अध्ययन चीनले नेपालसँगै गर्ने छ। हालै नेपालमा गम्भीर बाढी गएकोमा चीनका उप प्रधानमन्त्री वाङ याङले सात्वना व्यक्त गर्दै प्रकोप निवारण तथा प्रतिरोध एवं प्रकोपपछिको पुनर्निर्माण क्षेत्रमा चीनले सकेसम्म नेपालललाई सहयोग प्रदान गर्ने कुरामा पनि जोड दिनुभएको छ।

वार्तामा नेपालका उप प्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल चीन बीचको मित्रता लामो इतिहास बोकेको र आपसी वस्तुगत सहयोग उपलब्धिमूलक भएको औँल्याउनुभएको छ। लामो समययता नेपालको आर्थिक, सामाजिक विकास विशेष गरी प्रकोपपछिको पुनर्निर्माण क्षेत्रमा चीनले दिँदै आएको समर्थन तथा सहयोगको लागि गच्छदारले धन्यवाद ज्ञापन व्यक्त गर्नुभएको छ। बेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआई) प्रारुपमा पारस्परिक वस्तुगत सहयोगलाई विस्तार गर्दै आपसी व्यापार तथा लगानीको परिधिलाई बढाउँदै जाने आशा पनि उप प्रधानमन्त्री गच्छदारले गर्नुभएको छ। आपसी सम्पर्क तथा यातायातलाई सबल पार्दै यातायातको पूर्वाधार, उर्जा, प्रकोप निवारण तथा प्रतिरोध क्षेत्रमा भएको सहयोगलाई निरन्तरता दिँदै जाने अपेक्षा पनि व्यक्त गरिएकोछ। चिनियाँ व्यवसायले नेपालमा लगानी लगाउनको लागि नेपालले अझ राम्रो वातावरण सिर्जना गर्ने र अझ बढी चिनियाँ पर्यटकहरु नेपाल भ्रमण गर्न स्वागत पनि गरेको छ।

सो वार्तापछि दुई देशका उप प्रधामन्त्रीहरुले द्बिपक्षीय सहयोग सम्झौता हस्ताक्षर समारोहमा भाग लिनुभएको छ।

जानकारी तथा लेखहरु