फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुस-भारत सैन्य अभ्यास तेस्रो मुलुकप्रति लक्षित नहुनेः रुस

(GMT+08:00) 2017-08-16 14:55:41

रुस तथा भारतले आयोजन गर्ने सैन्य अभ्यास नियमित र तेस्रो मुलुकप्रति लक्षित नभएको रुसी विशेषज्ञ सेर्गेइ येर्माकोभले जनाउनुभएको छ। हिजो अगष्ट पन्ध्र तारिख सिन्ह्वा समाचार समितिसँगको लिखित अन्तर्वार्तामा रुसी रणनीतिक अनुसन्धानालयका सैन्य तथा राजनीतिक अनुसन्धान केन्द्रका उप प्रमुख सेर्गेइ येर्माकोभले रुस-भारत बीच संयुक्त सैन्य अभ्यास आयोजना हुने समाचारबारे चर्चा गर्दै उक्त कुरा बताउनुभएको हो।

विशेषज्ञ सेर्गेइ येर्माकोभका अनुसार, सन् २००३ यता, रुस-भारत सैन्य अभ्यास नियमित रुपमा आयोजना हुँदै आएको छ र अभ्यासको उद्देश्य तथा विषय सार्वजनिक गरिसकेको छ। आयोजना हुन लागेको सैन्य अभ्यास अन्तर्राष्ट्रिय आतंकबाद विरोधी क्षेत्रमा दुई देशका स्थल, जल तथा हवाई सेना बीचको सहयोगमा केन्द्रित गरिने छ।

उता, भारतीय संचारमाध्यमले जनाए अनुसार, भारत तथा रुसले आगामी अक्टोबरमा स्थल, जल तथा हवाई सेनाले 'इन्द्र' २०१७ संयुक्त सैन्य अभ्यासमा भाग लिने छन्।

जानकारी तथा लेखहरु