फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आइएमएफबाट चिनियाँ सुधार प्रगतिको प्रशंसा

(GMT+08:00) 2017-08-16 18:10:18

चीनको अर्थतन्त्र अझ दिगो विकास हुनुका साथै व्यापक क्षेत्रमा सुधारले प्रगति हासिल गरेर चालू वर्ष 6.7 प्रतिशतको वृद्धि कायम राख्नेछ। अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले अगष्ट 15 तारिख चीनसँग वार्षिक अर्थतन्त्र तथा नीति छलफल गरेपछि उक्त कुरा व्यक्त गरेको हो।

"कोष संगठन सन्धि"अन्तर्गत चौथो नियमअनुसार, हरेक वर्ष आइएमएफले विज्ञ टोली पठाएर सदस्य मुलुकमा अनुसन्धान गरेर अनुसन्धानको नतिजाबारे सदस्य मुलुकसँग छलफल र आइएमएफको निर्णय समितिमा छलफल गर्ने गरेको छ।

चालू वर्ष आइएमएफले धेरैपटक चिनियाँ अर्थतन्त्रको वृद्धि गतिको अनुमानलाई बढाएको छ। अप्रिल महिना प्रकाशित "विश्व अर्थतन्त्रको भविष्य प्रतिवेदन"मा आइएमएफले चालू तथा आगामी वर्षमा चीनको आर्थिक वृद्धि 6.6 प्रतिशत र 6.2प्रतिशतको अनुमान गरेको थियो। जुलाइ महिना आइएमएफले उक्त अनुमान 6.7 र 6.4 प्रतिशत हुने परिमार्जित अनुमान गरेको थियो।

जानकारी तथा लेखहरु