फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न देशसँग संयुक्त रुपमा "बीआरआई" निर्माण गर्न चीन इच्छुक

(GMT+08:00) 2017-08-16 18:17:59

चीनले प्रस्तुत गरेको "बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई" प्रस्तावले युगको प्रवृत्ति, विकासको नियम र विभिन्न देशका जनताको हितसँग अनुकूल भएर व्यापक भविष्य बोकेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङ्गले आज अगष्ट 16 तारिख पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

प्राप्त जानकारीअनुसार, सिंगापुरका राष्ट्रिय विकास मन्त्री एवं द्वित्तीय अर्थमन्त्री ह्वाङ्ग श्यु छाइले "बीआरआई" प्रस्तावले भविष्यमा एशियाको विकासमा परिवर्तन ल्याउने र क्षेत्रीय सहयोगमा सबैभन्दा ठूलो निहितशक्ति हुने बताउनुभयो।

चीनले सिंगापुरसँग "बीआरआई"सम्बन्धी सहयोगलाई सबल पार्नुका साथै दुई देशको सम्बन्धको अझ विकास गरी जनतालाई फाइदा पुर्‍याउने प्रवक्ता ह्वा छुन यिङ्गले बताउनु भएको छ।

जानकारी तथा लेखहरु