फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा हवाई सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु

(GMT+08:00) 2017-08-17 14:37:31

एयरपोर्ट रेस्क्यु एण्ड फायर फाइटिङ (एआरएफएफ) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बुधबारदेखि नेपालको राजधानी काठमाडौँमा शुरु भएको छ। 'एभिएसन ग्रोथ, च्यालेन्ज एण्ड एआरएफएफ डाएनामिक्स' भन्ने मूलनाराका एआरएफएफ अमेरिका र नेपाल रेस्क्यु एण्ड फाइटर्स एशोसिएसनद्वारा संयुक्तरूपमा आयोजित सम्मेलनमा सुरक्षित हवाई यातायात सेवाका विषयमा छलफल गरिने राष्ट्रिय समाचार समितिले लेखेको छ।

हवाई यातायात सेवालाई सुरक्षित, नियमित, भरपर्दो, विश्वसनीय र प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुने छ। सम्मेलनमा नेपाललगायत अमेरिका, स्वीडेन, डेनमार्क, भारत, मलेसिया, साउदी अरेबिया, क्यानाडा र दक्षिण सुडानका विमान चालक, फायर फाइटर, इञ्जिनियर गरी करिब 250 जनाको सहभागिता रहेको छ। सम्मेलनमा हवाई सुरक्षासम्बन्धी विभिन्न प्रर्दशनी कक्ष पनि राखिएको छ।

सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले अग्नि नियन्त्रणमा देखिएका विविध अभावका बीच पनि त्यसबारे राम्रो तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

उपराष्ट्रपति पुनले नेपालमा संविधान जारी भइसकेको सन्दर्भमा त्यसको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने बताउनुभयो।

रासस

जानकारी तथा लेखहरु