फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष र अमेरिकी सेनापतिको संयुक्त बैठकका अध्यक्षाबीच भेटवार्ता

(GMT+08:00) 2017-08-17 15:36:40

चिनियाँ केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष फान छाङ्ग लुङ्गले अगष्ट 17 तारिख पैचिङ्गमा अमेरिकी सेनापतिको संयुक्त बैठकका अध्यक्ष जोसेफ एफ.डुनफोर्डसँग वार्ता गर्नुभएको छ।

उपाध्यक्ष फानका अनुसार, दुई देशका राष्ट्रनायकले दुई सेनाको सम्बन्धमाथि उच्च महत्व दिएर सेनाको सम्बन्ध कुल सम्बन्धमा स्थिर बन्ने आशा गर्नुभएको छ। केही वर्षयता दुई देशका सेनाले स्वस्थ विकासलाई कायम राखेर मैत्रीपूर्ण आदान-प्रदान गर्नुका साथै विभिन्न तहको वार्ता सञ्चाल गरेर सैन्य क्षेत्रमा आपसी विश्वास निर्माण गर्दै आएका छन्। तर थाइवान मामिला, थाड प्रणालीको बन्दोवस्त, दक्षिण चीन सागरमा अमेरिकी सैन्य जहाजको गतिविधि आदि विषयमा अमेरिकाको गलत कारवाहीले दुई सेनाको सम्बन्ध र द्बीपक्षीय विश्वासमा नकारात्मक प्रभाव पारेको छ।

समुद्रामा फसेका अमेरिकी सेनाको खोजी तथा उद्धार कार्यमा चिनियाँ नौ सेनाको सहयोगका लागि अध्यक्ष डुन्फोर्डले धन्यवाद ज्ञापन गर्नुभएको छ। दुई सेनाबीचको सम्बन्धमा स्थिर विकास गर्न अमेरिकाले चीनसँग गरिएका सहमतिलाई व्यवहारमा उतार्ने, व्यावहारिक आदान-प्रदान गर्ने र सहयोगलाई अगाडि बढाउने कुरामा वार्ता प्रणाली र मञ्चको निर्माण गर्ने इच्छा लिएको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु