फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजनीतिक तरिकाबाट कोरियाली प्रायद्बीप समस्या समाधान गर्नुपर्ने राष्ट्र संघीका महासचिवको भनाइ

(GMT+08:00) 2017-08-17 15:37:51

राजनीतिक तरिकाबाट कोरियाली प्रायद्बीपको आणविक समस्या समाधान गर्नुपर्ने राष्ट्र संघीय महासचिव एन्टोनिओ गुटेरेसले अगष्ट 16 तारिख दोहोर्‍याउनुभएको छ। सोही दिन न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा अन्तर्वार्ता दिँदै महासचिव गुटेरेसले उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार, अगष्ट महिनाको 5 तारिख सुरक्षा परिषदले पारित गरेको 2371 नम्बरको निर्णयले शान्ति तथा सुरक्षा क्षेत्रमा उत्तर कोरियाको दायित्वबारे स्पष्ट सूचना व्यक्त गरेको छ। उहाँले उत्तर कोरियासँग अन्तर्राष्ट्रिय दायित्वलाई चौतर्फी रुपमा व्यवहारमा उतार्न र विश्वासिलो र अर्थपूर्ण वार्ता गर्न ताकिता गर्नुभएको छ। साथै उहाँले सुरक्षा परिषदका सबै सदस्यसँग आफनो दायित्वलाई चौतर्फी व्यवहारमा उतार्न पनि ताकिता गर्नुभएको छ।

जानकारी तथा लेखहरु